काठमाडौं– युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले प्रतिकित्ता सेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सञ्चालक समितिले प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ सय रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।