• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

बालबालिकालाई जानाजान भुंग्रोमा नहाल

64x64
नेपाल लाइभ सोमबार, भदौ २१, २०७८  २१:५४
1140x725

कोरोना संक्रमणको ग्राफ ओरालो लागिनसक्दै र विज्ञहरुले संक्रमणको खतरनाक तेस्रो लहर आउने चेतावनी दिइरहेकै बेला काठमाडौं उपत्यकाका विद्यालयहरु खुलाउने तयारी गरिएको छ। यसअघि नै केही स्थानीय तहमा फाट्टफुट्ट विद्यालय सञ्चालन हुनथालेका बेला सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको काठमाडौंभित्र रहेका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि, शिक्षा कार्यालय समन्वय इकाइका प्रमुख तथा सुरक्षा निकायक प्रमुखहरू सहभागी बैठकले भौतिक उपस्थितिमै पठनपाठन हुनेगरी विद्यालय खोल्ने निष्कर्ष निकालेको हो। यो निष्कर्षअनुसार आउँदो असोज १ गतेदेखि विद्यालयहरु खुल्ने छन्। 

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्यामा केही तलमाथि भइरहेको भए पनि मूलतः यो नियन्त्रित अवस्थामा छैन। अहिले पनि यसबाट सिर्जित त्रास र जोखिम उस्तै छ। झण्डै डेढ वर्षदेखि आफ्ना सन्तानको पठनपाठन अस्तव्यस्त बनेको देखेका अभिभावक यही जोखिमका कारण सन्तानलाई विद्यालय पठाउन मानसिक रुपमा तयार भइसकेका छैनन्। यस्तो अवस्थामा विद्यालय खोल्ने संस्थागत निर्णय भएसँगै विद्यालय जाने उमेरका बालबालिकाको जीवन र स्वास्थ्यलाई लिएर गम्भीर चिन्ता प्रकट भइरहेको छ। 

केही समयअघि कक्षा १२ को वार्षिक परीक्षा सुरु गर्ने तयारी भएपछि यसैगरी विद्यार्थीको सुरक्षालाई लिएर चिन्ता प्रकट भएको थियो। परीक्षा स्थगन गर्नुपर्ने तीब्र दबाबपछि अन्ततः सरकारले निर्धारित परीक्षा स्थगन गरेको थियो। र, परीक्षामा सामेल हुनेलाई पहिले कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाइएको थियो। तर, विद्यालय उमेरका बालबालिकाहरुलाई अहिलेसम्म खोप लगाउने व्यवस्था भएको छैन। यो उमेरका बालबालिकालाई खोप लगाउने कि नलगाउने भन्ने टुंगो नै लागेको छैन। कतिपय मुलुकले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउन सुरु गरे पनि नेपाल त्यो टुंगोमा पुगिसकेको छैन। यसैपनि भद्रगोल सञ्चालन भइरहेका विद्यालयमा संक्रमणबाट जोगिने सुरक्षाका अन्य भरपर्दा उपाय अवलम्बन गरिने सम्भावना पनि देखिँदैन। यस्तो अवस्थामा भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी लाखौं बालबालिकाको जीवनमाथि खेलवाड बन्ने जोखिम बन्न सक्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

अहिले कोभिड संक्रमणबाट जोगिन सघाउ पुग्ने भनिएका केही सीमित उपायहरुको मात्र चर्चा हुन्छ– भौतिक दुरी कायम गर्ने, साबुन पानीले नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र अन्ततः कोरोनाविरुद्धको खाप लगाउने। मूलतः विद्यालयमा भौतिक दुरी कायम गर्न असम्भवप्रायः छ। एक त हाम्रा विद्यालयहरुको भौतिक पूर्वाधार र व्यवस्थापन नै यस्तो छ कि त्यहाँ भौतिक दूरी कायम गर्न सम्भव नै छैन। त्यसमाथि विद्यालय जाने उमेरका बालबालिकाको स्वभाव भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड हुबहु पालना गर्नेखालको हुँदैन। साबुन पानी तथा स्यानिटाइजरको नियमित प्रयोग पनि विद्यालय हाताभित्र सुरक्षाको भरपर्दो विकल्प होइन। भरपर्दो सुरक्षा मानिने खोपको त कुरै भएन। यो सब जान्दाजान्दै पनि भौतिक रुपमै पठनपाठन सञ्चालनका लागि विद्यालय खोल्न गरिएको हतारोको कारण के हो? अति नै जोखिमपूर्ण बन्न सक्ने यस्तो कदम चाल्नुअघि सरकार, उसका संयन्त्र र स्थानीय सरकारहरुदेखि सरोकारवालाले यसको औचित्य प्रष्ट्याउनुपर्छ र बालबालिकाको सुरक्षालाई पहिलो सर्त मानेर यसका निम्ति आमस्वीकार्यता तयार पार्नुपर्छ। 

हो, लामो समयदेखि विद्यालय बन्द हुँदा त्यसको ठूलो असर बालबालिकाको शिक्षा र सिकाइमा परेको छ। कतिपय विद्यालयहरुले यसबीचमा अनलाइन तथा भर्चुअल पठनपाठनलाई निरन्तरता दिए पनि त्यसले नियमित पठनपाठनको मर्म बोक्न कठिन छ। कोभिड संक्रमणको विस्तारसँगै सुरु भएको पठनपाठनको नयाँ अभ्यास खासै प्रभावकारी हुन सकेको छैन। किनकि, शिक्षणका लागि हाम्रा विद्यालयहरु जुन किसिमको शैलीसँग अभ्यस्त थिए, शिक्षकदेखि विद्यार्थीसम्मले जुन खाले प्रक्रियामा सहजता महसुस गर्दै आएका थिए, ती हठात् रोकिए। प्रविधिमार्फत् अहिले भइरहेका सिकाइका प्रयत्न हाम्रा स्वाभाविक विकासक्रम नभएर बाध्यताका विकल्प थिए। त्यसैले यसमा अनेक कठिनाइ छन्। जसमाथि विगत डेढ वर्षमा पर्याप्त छलफल भइसकेका, भइरहेका छन्। त्यसमाथि कैयौं विद्यालयको पूर्वाधार र विद्यार्थीको आर्थिक अवस्था अनलाइन तथा भर्चुअल पठनपाठनलाई धान्नसक्ने खालको छैन। यसको असर उनीहरुको शिक्षा र सिकाईमा परेकै छ, बालबालिकाको खेल्दै, चल्दै, छलफल गर्दै, आत्मियता साट्दै सिक्ने स्वभावमा पनि अवरोध उत्पन्न भएको छ। 

यी र यस्ता समस्याका कारण पनि विद्यार्थीलाई विद्यालयको भौतिक संरचनामै पठनपाठन गराउनुपर्ने भएको छ। तर, त्यसका लागि हतारिनुअघि उनीहरुको सुरक्षाको प्रबन्ध पहिलो सर्त हो। सबभन्दा पहिले त उनीहरुलाई सम्भावित कोभिड संक्रमणको जोखिमबाट मुक्त गर्नैपर्छ। त्यसका लागि हाम्रा विद्यालयहरुका जस्ता संरचना छन्, तिनमा भौतिक दूरी कायम गरेर पठनपाठन कसरी हुनसक्छ? विद्यालय सञ्चालन र व्यवस्थापनको शैलीले त्यसलाई कसरी सम्बोधन गर्न सक्छ? बालबालिकाका स्वभावजन्य कुराहरुलाई व्यवस्थापन गर्ने उपाय के छन्? विद्यालय खोल्न हतार गर्नुअघि यी प्रश्नको स्वीकार्य जवाफ अपेक्षित छ, तिनको कार्यान्वयनमा समेत ढुक्क हुनेगरी। जनस्वास्थ्यको पर्वाह नगरी लहडका भरमा विवादास्पद निर्णय गर्ने सरकारको विगतले पनि धेरैलाई झस्काएको छ।

बालबालिका स्वयंको स्वास्थ्य र सुरक्षाको विषय त यो हुँदै हो। किनभने कोरोना संक्रमणको तेस्रो लहरको सबभन्दा ठूलो जोखिममा बालबालिका रहेको तथ्य प्रमाणित भइसकेको छ। तेस्रो लहर आउन सक्ने जोखिम देख्दादेख्दै र यो तथ्य जान्दाजान्दै देखाइएको हतारो आपत्तिजनक छ। किनभने यसबाट विद्यालय नै संक्रमणको नयाँ ‘रेड जोन’ बन्ने र विस्तारै परिवार हुँदै समुदायमा संक्रमण फैलिने जोखिमलाई पनि यसले ह्वात्तै बढाइदिन सक्छ। हामीले लिने निर्णयहरु यिनै चिन्ता र तथ्यको कडीमा हुनुपर्छ, न कि अरु कुनै लहडमा। सरकार, उसका संयन्त्र र स्थानीय सरकारहरुले अभिभावक, अन्य सरोकारवाला, विज्ञ लगायतसँग पर्याप्त छलफल गरेर, सुरक्षाका उपाय सुनिश्चित गरेर मात्र विद्यालय खोल्ने निर्णय लिनुपर्छ। अहिले यो भन्दा अर्को विकल्प छैन। जानाजान हाम्रा बालबालिकालाई कोरोना संक्रमणको भुंग्रोमा हाल्ने प्रयत्न अस्वीकार्य छ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्