काठमाडौं- मनाङ मर्स्याङदी क्लबका डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्ट जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन्।
जावलाखेलले आगमी सिजनको लागि बुर्किना फासोका फ्लोरेन्टलाई क्लबमा अनुबन्ध गरेको हो।
फ्लोरेन्टले २०७५ को लिग च्यासल युथ क्लबबाट खेलेका थिए। उनले संकटासँगै भुटानको पारो एफसीबाट पनि खेलेका छन्। उनले २०७६ को ‘ए’ डिभिजन लिगसँगै मोफसलका विभिन्न गोल्डकप मनाङबाटै खेलेक थिए।
उनले गत जेठमा सम्पन्न भएको नेपाल सुपर (एनएसएल) काठमाडौं रेजर्सबाट खेलेका थिए।
‘ए’ डिभिजन लिग आगमी २९ कात्तिकबाट हुने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।