काठमाडौं– भारतीय राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। नेपालसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको भारतीय टोली सोमबार बिहान स्वदेश फर्किएको हो।
भारतीय टिम बिहान ११:५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
भारतले नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलको थियो। जसमा पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो। आइतबार भएको दोस्रो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलका हुन्। साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ।
भारतीय टिम
गोलकिपर: अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु
डिफेन्डर: प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस
मिडफिल्डर: ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर
फरवार्ड: मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।