complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

को–को छन् प्रदेश १ मा कांग्रेस जिल्ला सभापतिका आकांक्षी?

64x64
लिलु डुम्रे सोमबार, भदौ २१, २०७८  १३:५३
1140x725

काठमाडाैं– नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु भएसँगै पार्टी संरचनाका विभिन्न तहमा उम्मेद्‌वारी घोषणा गर्ने क्रम बढेको छ। केन्द्र, प्रदेश र जिल्ला तहमा नेतृत्वका आकांक्षीहरु खुल्न थालेका छन्।

जिल्लाको सर्वोच्च पद सभापतिका लागि नेताहरु खुल्न थालेका हुन्। अधिवेशनको ‘सुनिश्चिता’ देखिएसँगै जिल्ला नेतृत्व हत्याउन दौडधुप सुरु भएको छ।

पार्टीभित्रका तीन समूहले आ–आफ्नो पक्षका जिल्ला नेतालाई सभापतिमा सार्न आन्तरिक तयारीलाई तीव्र पारेका छन्। प्रदेश १ का १४ जिल्लाका नेताहरु सभापतिको आकांक्षीका रुपमा अघि सरेका छन्।

प्रदेश १ मा  झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा गरी १४ जिल्ला पर्दछन्।

प्रदेश १ मा एक लाख ७४ हजार ७८२ जना क्रियाशील सदस्य छन्। मोरङ, झापा र सुनसरी कांग्रेसका क्रियाशील सदस्यता बढी रहेका जिल्लामा पर्दछन्।

१४औं महाधिवेशनका लागि तय गरिएको कार्यतालिका अनुसार जिल्ला अधिवेशन असोज ५ र १० गते हुँदैछ। एक मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लामा असोज ५ र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लामा असोज १० मा अधिवेशन हुनेछ। 

जिल्ला नेतृत्वका आकांक्षीहरू :
मोरङ 

मोरङमा संस्थापन पक्षबाट दिलीप गच्छदार सभापतिका बलियो दाबेदार हुन्। सोही समूहबाट राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी पनि आकांक्षी हुन्। 

मोरङमा नेता डा शेखर कोइरालाको प्रभाव छ। संस्थापनइतरकै केन्द्रीय नेताहरु महेश आचार्य र डा मीनेन्द्र रिजालको गृह जिल्ला पनि मोरङ हो। देउवा पक्षका केन्द्रीय नेता अमृत अर्याल मोरङका हुन्। उनले यसपटक आफू पक्षीयलाई सभापति बनाउने सम्भावना कम रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संस्थापनइतबाट कोइरालाको चाह अनुसार नै त्यहाँ जिल्ला सभापति उठ्नेछन्। कोइरालाको इच्छा वर्तमान सभापति डिगबहादुर लिम्बूप्रति छ। देउवा पक्षमा रहेका लिम्बूलाई कोइरालाले आफ्नो पक्षमा तान्न सफल भएका छन्। सोही पक्षबाट आकांक्षीमा यदु विष्ट, केदार कार्की र जिल्ला सचिव नागेश कोइराला छन्। विष्ट कांग्रेस मोरङका पूर्वसचिव हुन् भने कार्की प्रदेश सभामा प्रमुख सचेतक हुन्। 

झापा 
झापाको जिल्ला सभापति चयनमा नेता कृष्ण सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको भूमिका प्रमुख रहन्छ। 

सिटौला पक्षबाट पूर्वसभापति देउमान थेबे प्रमुख दाबेदार हुन्। गत अधिवेशनमा सभापति बन्न खोजेका उनलाई अर्कोपटक हुने गरी सिटौलाले मनाएका थिए। सिटौला पक्षधरका रुपमा चिनिने जिल्ला उपसभापति राम कट्टेलले सभापतिको उम्मेद्‌वारी घोषणा गरिसकेका छन्। सोही समूहबाट लोकराज ढकाल पनि सभापतिका आकांक्षी हुन्।

उनी जिल्ला कार्यसमितिका प्रवक्ता छन्। देउवा समूहबाट पूर्वसचिव भगीरथ पोदार सभापतिका आकांक्षी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुनसरी 
सुनसरीको जिल्ला सभापति चयनमा उपसभापति विजय गच्छदारको प्रभाव पर्दछ। गच्छदारसँगै फोरम लोकतान्त्रिकबाट कांग्रेसमा प्रवेश गरेका प्रदीप चौधरीलाई उनले जिल्ला सभापति बनाउन खोजेका छन्। सुनसरी-२ बाट प्रतिनिधि सभामा निर्वाचित सीताराम मेहताले पनि जिल्ला नेतृत्व सम्हाल्ने प्रयास गरेका छन्। उनी देउवानिकट सांसद हुन्।

पार्टी सचिव केदार भण्डारी र उपसभापति सञ्जय श्रेष्ठ सभापतिको प्रत्यासी हुन खोजिरहेका छन्। भण्डारी संस्थापनइतरका जिल्ला नेता हुन्। उनी अधिवक्ता पनि हुन्। श्रेष्ठ संस्थापन पक्षका जिल्ला नेता हुन्। सुनसरीको कांग्रेस राजनीतिमा शेखर प्रभावी हुँदै गएका छन्।

उदयपुर 
पौडेल समूहले वर्तमान सभापति विदुर बस्नेतलाई दोहोर्‍याउन चाहेको छ। सोही समूहबाट वसन्त बस्नेत पनि आकांक्षी छन्। उनी क्षेत्रीय सभापति हुन्। 

देउवा समूहबाट हिमाल कार्की जिल्ला सभापतिमा भिड्ने मनस्थितिमा छन्। उनी प्रदेश १ को कांग्रेस संसदीय दलका उपनेतासमेत हुन्। पूर्व सांसद प्रमिला राई पनि सभापतिको आकांक्षी हुन्। उदयपुरमा पौडेल पक्षबाट वर्तमान सभापति बस्नेत र देउवा पक्षबाट प्रदेश सांसद कार्की नै मुख्य दाबेदार रहेका छन्।

धनकुटा
संस्थापनइरतबाट कमोट फागो धनकुटाको बलियो आंकाक्षी हुन्। उनी नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। पछिल्लो समय फागोको झुकाव नेता शेखरप्रति रहेको बताइएको छ। संस्थापनइतरका दुबै पक्षको रुचिमा फागो उम्मेदवार हुने सम्भावना बढी रहेको छ। सोही समूहबाट दिनेश राई पनि आकांक्षी हुन्। राई वर्तमान जिल्ला कोषाध्यक्ष हुन्।

संस्थापनइतरबाट विजय सन्तोषी राई उम्मेदवार हुने सम्भावना पनि छ। जिल्ला सचिव रहेका उनी पूर्व पत्रकार हुन्। उनी कांग्रेसका पुराना जिल्ला नेता आनन्द सन्तोषी राईका छोरा हुन्। संस्थापन समूहको उम्मेद्वार चयनमा सहमहामन्त्री सुनील थापाको प्रभाव धनकुटामा रहन्छ। जिल्ला सभापति बनाउन धनकुटामा पूर्व राप्रपा पृष्ठभूमिका थापाको भूमिका प्रमुख देखिन्छ। उक्त समूहबाट मनोहरनारायण श्रेष्ठको सम्भावना बढी छ।

भोजपुर
भोजपुरमा संस्थापनइतरको पौडेल पक्षबाट पूर्वसभापति बालकृष्ण थापा उक्त पदमा पुनः उठ्न खोजेका छन्। सिटौला पक्षबाट तरुण दलका उपाध्यक्ष उत्तम चापागार्इं सभापति बन्ने लाइनमा छन्। पौडेल र सिटौला पक्षबाट आपसी सहमतिमा एकजनाले उम्मेदवारी दिने तयारी छ। वर्तमान सभापति नन्दमणि राईलाई पुनः सभापति बनाउने पक्षमा संस्थापनइतर देखिएको छ। 

देउवा समूहबाट हेमन्त मुकारुङ सभापतिको प्रत्यासी बन्ने भएका छन्। उनी जिल्ला कार्यसमितिका पूर्वसचिव हुन्। सोही समूहबाट वीरबल राईको चर्चा पनि छ। 

संखुवासभा
वर्तमान सभापति दीपनकुमार श्रेष्ठ दोहोरिने पक्षमा छन्। श्रेष्ठ नेता प्रकाशमान सिंह निकट हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले भने श्रेष्ठको स्थानमा तारामान गुरुङलाई सभापति बनाउन खोजेको छ। 

देउवा पक्षले दीपक लिम्बू, उमेश चौहान र मुक्तिसिंह राईमध्ये एकलाई सभापतिको उम्मेदवार बनाउने सम्भावना छ। जिल्ला सभापति चयन गर्न संस्थापन पक्षका नेता दीपक खड्काको भूमिका प्रमुख देखिन्छ। उपसभापति रामकुमार जिमी पनि सभापतिको आकांक्षी हुन्।

इलाम 
देउवा समूहबाट केशव थापा र डम्बर खड्काले सभापतिको दाबी गरेका छन्। थापा पूर्वसभापति र खड्का पूर्वकोषाध्यक्ष हुन्। 

संस्थापन इतरबाट भेषराज आचार्य सभापतिको बलियो दाबेदार हुन्। सोही समूहबाट हिमाल कर्माचार्यले पुनः सभापति दोहोर्‍याउन खोजेका छन्। लगातार सभापति नभएको अवस्थामा दोस्रोपटक सोही पदमा प्रत्यासी हुन विधानले रोक्दैन। एक कार्यकाल सभापति रहेका उनी बीचमा ग्याप राखेर सभापति बनेका थिए।

भुपेन्द्र कट्टेल र दुर्गा बराल पनि इलाममा कांग्रेस सभापतिका आकांक्षी हुन्। कट्टेल तत्कालीन एमालेका नेता झलनाथ खनाल र बराल अर्का एमाले नेता सुवास नेम्वाङसँग पराजित भएका थिए।

पाँचथर
देउवा निकट नेता भीष्मराज आङ्देम्बे पाँचथरका नेता भएपनि उक्त पक्षले सभापति उठाउने बलियो उम्मेदवार रहेका छैनन्। पौडेल समूहमा रहेका दुई जनामध्ये एकलाई सर्वसम्मति गर्न सकिने उक्त पक्षको बुझाइ छ।

रूपनारायण जबेगू र सुरेन्द्रकुमार दाहालमध्ये एकलाई संस्थापनइतर पक्षले उठाउन खोजेका हुन्। जबेगू आफ्नो पक्षको रहेको संस्थापनइरतको दाबी छ। वर्तमान सचिव रहेका जबेगूलाई संस्थापन पक्षले पनि आफू निकट मानेको छ। 

वर्तमान उपसभापति मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङ पनि सभापतिका आकांक्षी हुन्। 

ताप्लेजुङ
विगतमा देउवा पक्षमा रहेका केशव दाहाल हाल संस्थापनइतरमा सरेका छन्। पूर्वसभापति समेत रहेका दाहालले फेरि सभापतिको उम्मेदवारी दिने तयारीमा छन्।

प्रताप हाङगाम, छवि गुरुङ र गजेन्द्र तुम्याहाङमध्ये एकले देउवा समूहबाट उम्मेदवारी दिने भएका छन्। हाङगाम प्रदेश सभा सदस्य हुन्। गुरुङ निवर्तमान सचिव र तुम्याहाङ पूर्व जिल्ला सचिव हुन्। 

सोलुखुम्बु
सोलुखुम्बुको जिल्ला सभापति चयनमा संस्थापनइतरका नेता बलबहादुर केसीको भूमिका निर्णायक हुने गर्दछ। उक्त समूहबाट दुई जना आकांक्षी छन्। सोलुखुम्बुको कांग्रेसको राजनीतिमा केसी र बस्नेत परिवार हाबी छ। केसीले वर्तमान सभापति विनोदकुमार बस्नेत दोहोर्‍याउन चाहेका छन्। कांग्रेसका सोही जिल्लाका नेता पुरुषोत्तम बस्नेतले पूर्व सांसद गोकर्ण राईलाई सभापतिमा उठाउन खोजेका छन्।

देउवा समूहबाट आङगेलु शेर्पाले अघि सारेका व्यक्ति नै उम्मेद्वार हुने सम्भावना छ। कृष्णप्रसाद निरौला र प्रकाशसिंह कार्की उक्त समूहबाट आकांक्षी हुन्। निरौला पूर्वउपसभापति र कार्की प्रदेश सभाका उम्मेदवार हुन्।

खोटाङ 
संस्थापन समूहबाट सभापतिको दाबी गर्ने प्रमुख पात्र सर्वधन राई हुन्। राई पूर्व राज्यमन्त्री हुन्। देउवा पक्षीय वर्तमान सभापति नरेशकुमार श्रेष्ठ दोहोरिने पक्षमा छन्।

विगतमा देउवा निकट रहेर हाल शेखर कोइरालाको पक्षमा देखिएका इवन राई सभापतिको आकांक्षी हुन्। क्षेत्रीय सभापति  रहेका उनी हलेसी तुवाचुङ नगरका प्रमुख हुन्। क्षेत्रीय सभापति तीर्थराज भट्टराईले पनि हाल संस्थापन छोडेका छन्। उनी पनि संस्थापनइतरबाट सभापति बन्ने लाइनमा छन्। महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राईले पनि सभापतिको इच्छा देखाएका छन्।

ओखलढुंगा
ओखलढुंगाको जिल्ला सभापति चयनमा नेता रामहरि खतिवडाको भूमिका बलियो देखिन्छ। खतिवडा निकट रुद्र अधिकारी सभापतिको लाइनमा छन्। उनी वर्तमान सचिव हुन्। वर्तमान उपसभापति तेजेन्द्र खनाल र बालकृष्ण दाहाल पनि सभापतिको दाबेदार हुन्। देउवा समूहमा नै ओखलढुंगामा दुई समूह देखिएका छन्। 

खतिवडाले साथ दिने एक पक्ष छ भने सोही समूहको अर्को समूह पनि छ। देउवाको पक्षबाट सभापतिको बलियो दाबीकर्ता खनाल हुने सम्भावना छ।

संस्थापनइतरले खतिवडासँग सहकार्य गरी उम्मेदवारी दिने सम्भावना रहेको बताइन्छ। संस्थापनइतरबाट उठाउने उम्मेदवारको चर्चा ओखलढुंगामा हुन सकेको छैन। संस्थापनइतरसँग खतिवडाले सहकार्य गरेको अवस्थामा उनी पक्षीयले जित निकाल्ने आकलन गरिएको छ। 

तेह्रथुम
अर्जुन तुम्बाहाम्फे र सन्तोष सुब्बाले सभापति हुने आकांक्षा देखाएका छन् । तुम्बाहाम्फे वर्तमान उपसभापति र सुब्बा सचिव हुन्। दुबै जना संस्थापनइतरका हुन्। 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्