काठमाडौं– दाइको हत्या गरेको आरोपमा झापमा भाइ पक्राउ परेका छन्।
कचनकवल गाउँपालिका–३ केचना घर भइ बिर्तामोड नगरपालिका–४ स्थित डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजवंशीलाई उनकै भाइ रतन राजवंशीले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
हत्या आरोपमा रतनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ। आइतबार राति भात्रु सुतकै अवस्थामा मृत फेला परेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो।
अनुसन्धानका क्रममा मृतकका छोरालाई सोधपुछ गर्दा काका अर्थात मृतकका भाइ ३७ वर्षीय रतनले भात्रुलाई मार्तलले हिर्काएर फरार भएको भन्ने खुलेपछि रतनको खोजीमा प्रहरी लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।