काठमाडौं– झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचोकका ३० वर्षीय मणिकुमार चौधरी रहेका छन्।
आइतबर दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीमाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।