काठमाडौं– विश्वकप छनोटअन्तर्गत इंग्ल्यान्डले लगातार पाँच खेलमा जित हात पारेको हो। आइतबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४–० गोल अन्तरले पराजित गरेको हो
इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई तथा कप्तान ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे।
खेलको १८औं मिनेटमा लिंगार्डको गोलमा इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ७२औं मिनेटमा कप्तान केनले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता २–० को बनाए। ७८ औं मिनेटमा लिंगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को स्थितिमा पुर्याए।
खेलको ८५औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए। यससँगै इंग्ल्यान्डले छनोटमा लगातार पाँचौं जित निकालेको छ।
इंग्ल्यान्ड १५ अंकका साथ समूह आईको शीर्ष स्थानमा छ भने ५ खेलमा ३ अंकमात्र जोडेको एन्डोरा पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।