काठमाडौं– छिमेकी राष्ट्र भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ।
नेपालका लागि ८६ मिनेटमा तेज तामाङले पहिलो गोल गरेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले नेपालविरुद्ध २ गोल गरिसकेको छ।
खेलको ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए भने ८० औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले वान भर्सेस वानको स्थितिमा सहजै गोल गरे।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।