काठमाडौं- छिमेकी राष्ट्र भारतविरूद्वको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पछाडि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले अग्रता दोब्बर बनाएको हो।
खेलको ८०औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले 'वान भर्सेस वान'को स्थितिमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।
यस अघि ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।