काठमाडौं- छिमेकी राष्ट्र भारतविरूद्वको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पछाडि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले अग्रता बनाएको हो।
खेलको ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका हुन्।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।