नेपालगञ्ज– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को इन्सपेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा बाँके प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यानको दार्माकोट गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय दीपेन्द्र रोकाय छन्।
प्रहरीका अनुसार रोकायले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क क्षेत्रका होटल तथा पसल व्यवसायीलाई आफू सीआईबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याएका थिए।
होटल तथा पसल व्यवसायीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले रोकायलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका रोकायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।