नख्खु कारागार, फाइल तस्वीर
काठमाडौं– ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। झडप भएपछि सुरक्षा व्यवस्था कायम गर्न थप प्रहरी परिचालन गरिएको छ।
कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली परिचालन गरिएको छ। परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले भने, ‘भित्रै नाराजुलुस भएको र झडप भएको भन्ने खबर खाएपछि थप टोली पठाएको छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।