काठमाडौं– ६ करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा एक निर्माण व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा निर्माण व्यवसायी दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
उनी सिद्धिसाई कन्ट्रक्नसका सञ्चालक हुन्। शाहीलाई आइतबार बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले ठेक्का दिएर काम दिएका व्यक्तिहरुलाई त्यसवापतको रकम भनेर दिएको चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। पीडितले परिसर काठमाडौंमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।