काठमाडाैं– इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले कतार विश्वकप २०२२ छनोट अन्तर्गतको एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्। चोटको कारण २१ वर्षीय सान्चोले उक्त दुई खेल गुमाउने भएका हुन्।
इंग्ल्यान्ड फुटबल एसोसिएसनले एक विज्ञप्ति निकाल्दै एन्डोरा र पोल्यान्डविरुद्धको खेलमा उनी उपस्थिति नहुने पक्का गरेको हो।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अनुसार उनले प्रशिक्षणको दौरान चोट बोकेको बताइएको छ। तर, इंग्ल्यान्ड फुटबल एसोसिएसनले उनको चोट सामान्य रहेको बताएको छ।
विश्वकप छनोट अन्तर्गत इंग्ल्यान्डले आइतबार राति एन्डोरासँग खेल्दैछ भने बुधबार पोल्याण्डसँग खेल्नेछ । सान्चोले इंग्ल्यान्डबाट २२ खेलमा ३ गोल गरेका छन्।
यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट युनाइटेड आएका सान्चोले ३ खेल खेलिसकेका छन्। उनले ११ सेप्टेम्बरमा न्युक्यासलविरुद्धको खेल्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।