काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट लागेको छ।
आइतबार बजार खुलेदेखि नै लगातार ओरालो लागेको परिसूचकमा १२ बजेर ५९ मिनेटमा सर्किट ब्रेक लागेको हो।नेप्से ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार ४० मिनेटका लागि बन्द भएको छ।\
कारोबार भएको दुई घण्टाको अवधिमा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सो समयमा १ करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएकोमध्ये ५ कम्पनीको मात्र सेयरमूल्य बढेको छ। सो अवधिसम्म ६० कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।