काठमाडौं– विश्वकपको युरोपियन छनोटअन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले जित निकालेको छ।
नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो।
डच टिमको जितमा मेम्फिस डेपे दुई तथा जर्जिन्हो विजनाल्डम र कोडी गक्पोले एक/एक गोल गरे। डेपेले डच टिमका लागि ३० गोल पूरा गरेका छन्।
जितसँगै नेदरल्याण्ड्स १० अंकसहित समूहको दोस्रो स्थानमा छ भने मोन्टेनेग्रो ७ अंक सहित चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।