काठमाडौं– विश्वकपको युरोपेली छनोटमा फ्रान्सले युक्रेनसँग बराबरी खेलेको छ।
शनिबार राति सम्पन्न खेलमा फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको हो। फ्रान्सको यो लगातार पाँचौ बराबरी हो।
युक्रेनमा सम्पन्न खेलमा मायकोला सापरेन्कोले ४४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ५० औं मिनेटमा एन्थनी मार्टियलले खोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए। सन् २०१६ पछि मार्टियलले पहिलो पटक फ्रान्सका लागि गोल गरेका हुन्।
समूह डीमा रहेको फ्रान्स ५ खेलबाट ९ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ।दोस्रो स्थानको फिनल्याण्डले मात्र ३ खेलबाट ५ अंक जोडेको छ।
२०२० को युरोकपमा नेदरल्याण्ड्ससँग ३–३ को बराबरीपछि फ्रान्सले लगातार पाँच खेलमा बराबरीको नतिजा निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।