काठमाडौं- रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
उनले प्रतियोगिता खुला भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गराएर कुनैपनि टिमले सहभागिता जनाउन पाउने बताए।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार दिइने छ।
सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष तृशला घिसिङले प्रतियोगिताले स्थानिय पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रतियोगिता असोज ३१ देखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।