काठमाडौं- क्रोएसियाका पूर्वफरवार्ड मारियो मान्जुकिचले क्लब फुटबलबाट सन्यास लिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत् ३५ वर्षीय मान्जुकिचले फुटबलबाट सन्यास घोषणा गरेका हुन्।
उनले अन्तराष्ट्रिय फुटबलबाट भने २०१८ मा सन्यास लिएका थिए। २०१८ रूस आयोजना भएको विश्वकपमा क्रोएसिया उपविजेता बनेको थियो।
मारियोले बायर्न म्युनिख, युभेन्टस र एट्लेटिको मड्रिडबाट क्लब फुटबल खेलेका थिए। उनले एसी मिलानबाट २०२०-२१ सिजन पनि खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।