काठमाडौं– चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधिका लागि एपिएफ र न्यू डायमण्ड क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार भएका सेमिफाइनल शिवम् न्यु डायमण्डले पुलिसलाई ३–१ को सेटमा हराउदा अर्को सेमिफाइनल खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी ३–० को सेटमा हरायो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–१२, २५–२२ र २५–१५ को सोझो सेटमा पराजित गदै फाइनल प्रबेश गर्यो । दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिसलाई २५–१७, २५–१८,११–२५ र २५–१५ ले हराउदै एपीएफसग उपाधि भिड्न्त पक्का गर्यो।
एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल शनिबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । त्यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजना राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख पुरस्कार पाउनेछ। तेस्रो हुनेले ५० हजार र चौथो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउनेछन् भने बिधागततर्फ उत्कृष्ट ६ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।