काठमाडौं- बाँकेको नेपालगञ्जस्थित राझाँ विमानस्थलबाट ४ किलो २१.४९ ग्राम सुनसहित २ जना पक्राउ परेका छन्।
काठमाडौंबाट श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ मार्फत् नेपालगञ्ज आएका झापा खादुनावारी गा.वि.स ६ का अमिर लगुन विश्वर्कमा र मोरङ लेटाङ गा.वि.स २ का बुद्धिमान खातीलाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार करिब १५:०० बजेतिर नेपालगञ्ज विमास्थलको आगमन कक्ष बाहिरपट्टी शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको थियो।
सोधपुछ तथा तलासी गर्दा विश्वकर्माले लगाएको दाँया/बाँया जुत्तामा रहेको सुन जस्तो देखिने २/२ विस्कुट र खातीले लगाएको दाँया/बाँया जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १/१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) फेला पारेको प्रहरीले जनाएको छ।
यस्तै, खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सुनको जस्तो देखिने तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद गरिएको छ।
उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।