काठमाडौं- जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहट गौर नगरपालिका ७ बस्ने बर्ष २२ को सुधिरकुमार झासमेतको जाहेरीमा यमूनामाई गाउँपालिका १ बस्ने बर्ष ४२ को विनय राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार विभिन्न ५ जना मानिसहरुबाट सात लाख पचपन्न हजार ठगी गरेर फरार रहेका उनलाई बुधबार यमूनामाईस्थित सुकदेवचौकबाट पक्राउ गरिएको हो।
उनले पीडितबाट भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाईदिन सक्छ। सो भएन भने विदेशमा राम्रो काममा पठाइ दिन्छु भन्दै रकम उठाएका थिए।
कुर्मीलाई ठगी सम्वन्धि कसुरअन्तर्गत रौतहट जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।