काठमाडौं- अर्जेन्टिनाका प्लेमेकर जुआन रोमन रिकेल्मे लिओनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई च्याम्पियन्स लिग जिताएर क्याटलान क्लब बार्सिलोनाबाटै सन्यास लिने बताएका छन्।
बार्सिलोनाका पूर्वस्टार रिक्वेल्मेले ईएसपीएनसँग कुरा गर्दै मेस्सीले बार्सिलोनाबाटनै सन्यास लिने इच्छा जाहेर गरेको बताएका छन्।
मेस्सी यसै सिजन बार्सिलोना छाडेर पीएसजीमा आवद्ध भएका थिए। पीएसजीले च्याम्पियन्स लिग जित्नका लागि दुई वर्षका लागि सम्झौता गरेको हो।
यद्यपि, रिक्वेल्मेले मेस्सीले ला लिगासँग नाता नतोडेको बताए। रिक्वेल्मेले भने, 'मलाई लाग्छ कि मेस्सीले पीएसजीलाई च्याम्पियन्स लिग जिताउने छन् र बार्सिलोनाबाट सन्यास लिनेछन्।'
उनले मेस्सी, केलियन एम्बाप्पे र नेयमारसँगै खेलेको देख्दा खुशी लागेको पनि बताएका छन्।
'मलाई थाहा छ, यो अनौठो हो। तर हामी सबै मेस्सी, एम्बाप्पे र नेयमारसँगै खेलेको देख्दा रमाइलो मानिरहेका छौं,' उनले भने, 'यदि उनीहरु अहिले च्याम्पियन्स लिग जित्दैनन् भने कहिल्यै जित्न सक्दैनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।