टर्किस क्लब बेसिक्टासले क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर मिरालेम पिजानिकलाई अनुबन्ध गरेको छ। बेसिक्टासले पिजानिकलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो।
बोस्निया एण्ड हर्जगोभिनाका ३१ वर्षीय मिडफिल्डर पिजानिक गत सिजन इटालियन क्लब युभेन्ट्सबाट बार्सिलोना आएका थिए। बार्सिलोनाका लागि उनले गत सिजन १९ ला लिगा खेल खेलेका थिए। बार्सिलोनाका लागि उनले कूल ३० खेल खेलेका छन्।
साढे १४ करोड युरो तलब जोगियो
कोरोना महामारीपछि नराम्रोसँग आर्थिक संकटमा फसेको बार्सिलोनाले यो सिजनको सुरुवाती ६ महिनामै साढे १४ करोड युरो तलब जोगाएको छ।
अध्यक्ष जोन लापोर्टोले खेलाडी किनबेचबाट क्लबलाई केही राहत दिलाएका छन्।
उनले लियोनल मेस्सीलाई पीएसजी जाने ढोका खोल्दिएका थिए भने यसपल्टको ट्रान्सफर विन्डोबाट एन्टोन ग्रिजमन एटलेटिको मड्रिड फर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।