काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७० ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका–७ घर भएका ३३ वर्षीय विष्णुबहादुर शाही र स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेल छन्। उनीहरुलाई विमानस्थल प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो।
फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र इमर्जेन्सी लाइटमा लुकाई ल्याएको उक्त सुन सहित पक्राउ गरेको हो।
पाैडेल भने पक्राउ परेकाे सुन लिन आएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।