काठमाडौं– बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजीहरुको सरुवा गरेको छ । बढुवा भएको करिब दुई महिनासम्म जिम्मेवारी नपाएका एआईजी सहकुल थापाले जिम्मेवारी पाएका छन्। उनलाई कार्य विभागको जिम्मेवारी दिइएको छ।
त्यस्तै, एआईजी हरि पाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा यथावत रहेका छन्। अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेलको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएको छ।
मानव स्रोत तथा प्रशासन विभागमा रहेका निरज शाहीलाई भने प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।