• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

मेटमणिको संघर्ष : ओली समूहबाट उदय, ओलीकै विरोधले चर्चामा

64x64
वीरेन्द्र ओली शुक्रबार, भदौ १८, २०७८  १७:५१
1140x725

काठमाडौं– ‘ए बूढा, तपाईंको राजनीति के हुन्छ? पार्टी कस्तो बन्ने हो? फेरि घर आएर हलो जोत्नुपर्ला नि!’

नेकपा (एकीकृत समाजवादी) गठन गर्ने संघारमा मेटमणि चौधरीलाई उनकी श्रीमती खुमाले यस्तै प्रश्न सोधेकी थिइन्। श्रीमती दाङमा थिइन्, उनी काठमाडौँमा। यताको राजनीतिबारे श्रीमती चिन्तित थिइन्। ‘नेताहरु को–को कता–कता लाग्ने भए?’ मेसेन्जरमा पनि खुमाले सोधिरहन्थिन्।

‘घरमा बाबुआमाले मप्रति भरोसा गर्नुभएको छ। तर, श्रीमतीलाई राजनीति कता जाने हो भन्ने चिन्ता छ,’ मेटमणि भन्छन्।

नेकपा एमाले छाडेर नयाँ पार्टी खोल्न सक्रिय नेतामध्येका एक थिए, मेटमणि। त्यसैले उनी निकै व्यस्त भए। मिडियामा पनि खुब छाए।

एमालेमा नै रहँदा पनि अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए। बहस गर्ने, विरोध गर्ने र मिडियामा आफ्ना विचार खरोसँग राख्ने उनको स्वभावले चाँडै राष्ट्रियस्तरमा चिनिए। स्पष्ट वक्ता भएकै कारण एमालेको अन्तरसंघर्षमा उनी चर्चामा रहे।

उनी स्थानीय राजनीतिबाट केन्द्रमा उदाएका नेता हुन्। २०७४ सालमा पहिलोपटक प्रतिनिधि सभाका लागि निर्वाचित भए। दाङ क्षेत्र नं. १ बाट निर्वाचित भएर काठमाडौँ आएपछि उनको छवि नै फेरियो। किनभने, अध्यक्ष ओलीविरुद्ध मुखर हुने थोरै नेतामध्ये उनी पनि थिए।

प्रधानमन्त्रीको हैसियतमा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा उनी त्यसविरुद्ध निरन्तर लागिरहे। ओलीले झन्डै दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारलाई छिन्नभिन्न बनाउन र संविधान मास्न लागेको भन्दै उनी नेतृत्वसँग जुधिरहे।

उति बेला केही शुभचिन्तकले मेटमणिलाई आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीविरुद्ध नबोल्न सुझाव पनि दिएका थिए। ‘पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको किन आलोचना गर्छस्? तैँले भोलि चुनावमा टिकट पाउँदैनस्, तेरो सबै राजनीति सकिन्छ। ओली हुँदासम्म सधैँ पिसिने भइस् भनेर साथीहरुले नबोल्न सुझाव दिन्थे,’ उनले भने, ‘सत्य कुरा सत्य नै हुन्छ। त्यो सानो समूहबाटै सुरुआत हुन्छ र बिस्तारै ठूलो आकार लिन्छ। मैले साथीहरुलाई यही जवाफ दिने गरेको थिएँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले एमालेको पछिल्लो आन्तरिक संघर्षमा माधवकुमार नेपाललाई बलियो गरी साथ दिए। नेकपा एकीकृत समाजवादी गठन गर्दा कतिपय वरिष्ठ नेता तथा सांसदहरुले नेता नेपालको साथ छाडे पनि भरोसा दिने थोरै नेतामा उनी पर्छन्। नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाएको दिन, गत ९ भदौमा उनले मिडियासामु भनेका थिए, ‘अब बल्ल स्वतन्त्र भएर ओलीसँग भिड्न पाइने भयो।’ 

केन्द्रमा ओलीजस्तै दाङमा पोखरेल प्रवृत्ति!
एमालेको नवौँ महाधिवेशन अघिसम्म मेटमणि ओली समूहमा थिए। ओली समूहका नेता शंकर पोखरेल पनि दाङकै हुन्। तर, उनीसँग मेटमणिको सम्बन्ध भने पहिलो संविधानसभाको निर्वाचनबाटै बिग्रिसकेको थियो।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी दाङबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न चाहेका थिए। तर, शंकर पोखरेलले नै रोकेको उनी बताउँछन्। यद्यपि, उनीहरु दुवै जना समानुपातिक उम्मेदवार भए।

पोखरेल समानुपातिक सभासद् भए। तर, मेटमणिलाई भने उनै पोखरेलले रोके। ‘उति बेला केपी ओली मलाई सभासद् बनाउन तयार थिए। यो केटो धेरै ट्यालेन्ट छ, असल छ, यसलाई नेता बनाउनु पर्छ– भन्थे,’ मेटमणिले भने, ‘तर, एमए पढेका कति मान्छे छन् कति! अब विश्वविद्यालयका सबैलाई ल्याएर सभासद् बनाइदिउँ भनेर शंकरले भनेछन्। राजीनामाको धम्की दिएर मलाई रोके।’ कमजोर मान्छे मात्रै खोज्ने शंकर पोखरेलको प्रवृत्ति भएकाले आफूलाई सभासद् बनाउनबाट रोकेको उनको आरोप छ।

मेटमणिलाई हरेक ठाउँमा रोक्न खोजेपछि उनी पोखरेलका आलोचक भए। जिल्लामा उनले पोखरेललाई चुनौती दिन थाले। तर, केन्द्रमा पोखरेल र मेटमणि दुवै एउटै समूहमा भएको हुनाले साझा नेता ओली नै थिए। ओली भने पोखरेललाई महत्व दिन्थे। त्यसकारण नवौँ महाधिवेशनअघि नै उनले ओली समूह छाडे।

उनी महाधिवेशनमा नेपाल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। पोखरेल भने उपमहासचिवमा पराजित भए। तर, ओलीले उनलाई स्थायी कमिटी सदस्य बनाए। दाङबाट एमालेको केन्द्रमा चार नेता भए। उपाध्यक्ष युवराज ज्ञवाली र पोखरेल स्थायी कमिटी तथा मेटमणि र भागवत विश्वास केन्द्रीय सदस्य थिए। नेपाल समूहबाट निर्वाचित भए पनि ओलीले २०७१ सालमा उनलाई दाङ जिल्लाको इन्चार्ज बनाए। त्यसयता गृह जिल्लामा पोखरेल पक्ष अल्पमतमा छ।

ओलीको आलोचनाले चर्चा
मेटमणि ओलीको समूहमा हुँदा उनीसँग निकै नजिक थिए। राजनीतिमा अघि बढ्न ओलीले साथ पनि दिएका थिए। विद्यार्थी राजनीतिमा हुँदादेखि नै ओलीले मेटमणिलाई ‘ग्रुमिङ’ गरेका हुन्।

एमालेको नवौँ महाधिवेसनमा नेपाल समूहमा लागेर केन्द्रीय सदस्य जितेपछि पनि ओलीसँगको सम्बन्ध राम्रो थियो। ओली सरकारले पहिलो बजेट ल्याएपछि उनले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा मागे। समाजवादी नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी बजेट नल्याएको भन्दै उनले संसदमै राजीनामा मागेका थिए। त्यति बेला तत्कालीन नेकपाका कोही नेताले पनि अर्थमन्त्रीको आलोचना गर्न आँट नगरेको बेला विरोधमा बोल्ने उनी एक्लो थिए। अर्थमन्त्रीको राजीनामा माग्नेक्रममा उनले प्रधानमन्त्री ओलीको समेत आलोचना गरे।

‘मैले व्यक्तिगत रुपमा भन्दा पनि नीति तथा कार्यक्रम र बजेटलाई आधार बनाएर ओलीको आलोचना गरेँ। अर्थमन्त्रीको राजीनामा मागेँ। त्यति बेला पार्टीभित्र कसैले यस्तो आँट गरेका थिएनन्,’ उनले भने। पछि संसद विघटनपछि उनी पनि आन्दोलनमा लागे। ‘त्यसपछि ओलीले भेट गर्न खबर पठाए। उनका मान्छेले पीएमलाई भेटेर आफ्नो कुरा राख्न भन्थे। टीम परिवर्तन गर्ने प्रस्ताव थियो, तर संविधान र लोकतन्त्र मास्नेसँग भेट्दिनँ भनिदिएँ,’ उनले सुनाए।

ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भए पनि उनीमाथि मेटमणिको आशा र भरोसा दुवै मरिसकेको थियो। त्यसैले उनी दुई पटकको प्रतिनिधि सभा विघटनविरुद्ध खरोरुपमा सडकमा आए। अनि, मिडियामा छाउन थाले।

आफू झूटो कुरा गर्न राजनीतिमा नआएको उनी बताउँछन्। कुटनीतिको नाममा ‘हजार कुरा पेटमा राखेर’ झूटो बोल्दै जनतालाई अलमलमा पार्न नहुने उनको भनाइ छ। ‘एउटाले एक थोक र अर्कोले अर्कै बुझ्ने खालको बोल्नुहुन्न। दूरदराजका जनताले कुटनीतिक भाषा बुझ्दैनन्। त्यसैले स्पष्ट बोल्नु पर्छ,’ उनी भन्छन्, ‘मैले ढाँट्नलाई राजनीति गरेको होइन।’

राजनीतिक रुपमा नजिक भएका उनका साथीले बाहिर धेरै नबोल्न सुझाव दिन्छन्। ‘सबै कुरा किन बोल्छस्? यत्रो नेता भइसकिस्, केही कुरा त लुकाउनु पर्छ। बाहिर थोरै मात्र बोल्नुपर्छ,’ यस्तो सुझाव दिनेहरु धेरै छन्। मेटमणिले भने, ‘मैले अपराध गरेको छु भने पनि भन्न सक्नुपर्छ। यो ठाउँमा पुगेको मान्छेलाई सत्य कुरा बताउन के गाह्रो छ?’ नेताले बोली र व्यवहारमा जनतालाई भ्रममा पार्न नहुने उनी बताउँछन्। 

राजालाई ‘गोमन सर्प’ भन्दा दिनभरि हिरासत
मेटमणि अहिले मात्र नभइ, किशोरावस्थादेखि नै स्पष्ट वक्ता थिए। पञ्चायतविरुद्ध भाषण गर्दै हिँड्थे। ‘मेरो आवाज महिलाको जस्तो थियो, माइकबाट चर्को बोल्दा को महिला रहेछ भनेर टाढा–टाढाबाट हेर्न आइपुग्थे,’ उनले भने।

उनका बाबु भगवतीप्रसाद चौधरी पनि कम्युनिस्ट नेता थिए। घरमा मदन भण्डारी, जीवराज आश्रित, नेत्रलाल अभागीलगायत नेताहरुको आउजाउ भइरहन्थ्यो। त्यो घर कम्युनिस्ट नेताहरुको सेल्टर नै थियो।

मेटमणि राजनीतिक परिवारमा हुर्केकाले मोदनाथ प्रश्रितका प्रायः किताब स्कुल जीवनमै पढिसकेको बताए। बाबु भगवतीप्रसाद २०३८ साल र २०४५ सालमा तत्कालीन गढवा गाउँपञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए। 

मेटमणि ८ कक्षामा पढ्दा १४ वर्षका थिए। प्रजातन्त्र दिवसको दिन उनले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यविरुद्ध गम्भीर आरोप लगाएर भाषण गरे। उनले भनेका थिए, ‘रानीले जनतालाई शोषण गरेर स्वीजरल्याण्डको बैंकमा पैसा राखेकी छन्। राजा भनेको गोमन सर्प हो, यसले सबैलाई डसेर मार्छ। त्यसैले राजतन्त्र फाल्नु पर्छ।’ 

त्यसपछि प्रहरीले मेटमणिलाई पक्राउ गरी हात बाँधेर चौकी लग्यो। त्यहाँ दिनभरि राखे। प्रधानपञ्चको छोरा भएको थाहा पाएपछि बाबुलाई बोलाए। अनि बाबुले चाहिँ ‘छोराले बोल्न जान्दैन, बहुला छ’ भनेर छुटाए। मोदनाथ प्रश्रितका पुस्तकबाट प्रभावित भएर त्यसरी बोलेको उनी बताउँछन्। ‘मैले जानेर बुझेर बोलेको थिइनँ, त्यति बेला जे मुखमा आयो बोलेँ, बोल्नुपर्छ भन्ने चाहिँ प्रश्रितका पुस्तक पढेर बुझेको थिएँ,’ उनी भन्छन्। 

घरमा लगेपछि बाबुले उनको कुरामा समर्थन गरे। तर, सार्वजनिक ठाउँमा त्यसरी नबोल्न भने। ‘त्यसपछि मलाई पनि ठीकै बोलेँछु भन्ने भयो,’ उनले भने। 

त्यो भाषणलाई विद्यार्थीले नबुझे पनि शिक्षकले बुझेपछि हंगामा भएको उनले बताए। विद्यालयका प्रधानाध्यापक कांग्रेस निकट प्रदीप थापा थिए। थापाले त्यसपछि सोधेका थिए, ‘ए, मेटमणि के–के बोल्छौ? तिमीलाई यस्तो बोल्न कसले सिकाउँछ?’ अहिले पनि त्यो घटना आफूले सम्झिरहने उनी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्