• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित)

64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०८२  १७:०७
1140x725

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश साझा गर्दै माओवादी आन्दोलनका नेता समेत रहेका डा. भट्टराईले नेताहरू विभाजित भएकोले माओवादी आन्दोलन कमजोर भएको भन्ने भाष्यको प्रतिवाद गरेका छन् ।

उनले अहिलेको नेपालका समस्याहरू हल गर्न हिजोको माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने तर्क अगाडि सारेका छन् ।

‘पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ,’ उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भनेका छन्, ‘विगतका कम्युनिष्ट सत्ताहरू किन ढले? संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेछ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश, काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो।’

यस्तो छ डा. भट्टराईको माओवादी आन्दोलनबारे ६ बुँदे समीक्षा र पुनर्गठनको रूपरेखाः
माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच एउटा सोच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ, ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।’

यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोच हो। यसबारे तथ्य र तर्कसहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ। जुन समयक्रममा हुँदै जाला। अहिले चाहिं केही सरल प्रश्न र उत्तरको रूपमा प्रस्तुत गर्नु उपयुक्त होला।

१. नेपालको माओवादी आन्दोलन सफल हो कि असफल?

Ncell 2
Ncell 2
nimb
nimb

संक्षिप्तमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन सापेक्ष रूपले निकै सफल आन्दोलन हो। विश्वमा नै सन् १९७५ को क्याम्बोडियाको क्रान्ति (जुन पछि पथविचलित भयो) पछि बिसौं शताब्दीको अन्त्य र एक्कइसौं शताब्दीको शुरूमा नेपालको मात्र एक सफल सशस्त्र क्रान्ति हो।

(स्मरण रहोस्, यस्तै माओवादी क्रान्तिकारी आन्दोलनहरू ठूलो बलिदानपछि विश्वमा अन्यत्र कि त पूरै ध्वस्त भएर गएका छन् कि त घिटीघिटी चलिरहेका मात्र छन्। उदाहरणार्थ, पेरूमा संस्थापक नेता गोन्जालोको २९ वर्ष जेलमै बसेर निधन भएको छ; आन्दोलन समाप्तप्रायः भएको छ ।

सन् १९६७ देखि संघर्ष चल्दै आएको भारतमा हालै पार्टीका महासचिवको सरकारी सैन्य कारबाहीमा निधन भएको छ; अनि आन्दोलन कछुवाको गतिमा छ। टर्कीमा २६ वर्षदेखि जेलमा राखिएका प्रमुख नेता अबदुल्लाह ओकालानले हालै आन्दोलनलाई बीचैमा निशस्त्र गर्ने एकतर्फी घोषणा गरेका छन्।

फिलिपिन्समा झण्डै साठी वर्षदेखि चल्दै आएको सशस्त्र आन्दोलन संस्थापक नेता जोस मारिया ससनको मृत्यु र नयाँ नेताहरूको राज्यद्वारा हत्यापछि आन्दोलन ठहरावको अवस्थामा छ।)

२. कुन अर्थमा सफल? अनि किन ‘सापेक्ष रूपले‘ मात्र सफल?

क्रान्तिकारी आन्दोलनमा थुप्रै मागहरू हुन्छन्। तीमध्ये कुनै प्रमुख र कुनै सहायक मागहरू हुन्छन्।अनि कुनै तात्कालिक (कार्यनीतिक) र कुनै दीर्घकालीन (रणनीतिक) महत्वका माग हुन्छन्। जनबोलीको भाषामा हामीले त्यतिवेला सरकारसमक्ष प्रस्तुत गरेका ४०-सूत्रीय मागहरूमध्ये क्रान्तिको यो चरणमा ‘जनतन्त्र’सँग सम्बन्धित मागहरू नै प्रमुख माग हुन् ।

तीमध्ये पनि निर्वाचित संविधानसभाबाट गणतन्त्रात्मक संविधान बनाउने कुरा नै सबभन्दा महत्वपूर्ण माग हो। यो मुख्य माग लगायत अरू संघीयता, धर्मनिरपेक्षता, महिलाका अधिकार, दलितका अधिकार आदि संविधानमा नै व्यवस्था गर्न सकिएकाले यो माओवादी आन्दोलनको ठूलो उपलब्धी हो। यसमा टेकेर अरू माग पूरा गर्दै जाने हो। त्यस अर्थमा आन्दोलन सफल हो।

अनि ‘सापेक्ष रूपले’ चाहिं किनकि पार्टीको नेतृत्व पंक्तिमा बेलैमा बुझाइमा एकरूपता कायम हुन सकेको भए अझै बढी उपलब्धी पनि हुनसक्दथ्यो। त्यो हुन नसक्दा कतिपय कुरा गुमेका पनि छन्। साथै, राजनीतिक रूपले विजय हासिल गरे पनि फौजी रूपले पूर्ण विजय हासिल गर्न नसक्दा र आन्तरिक तथा बाह्य शक्तिसन्तुलन पनि हेर्नु पर्ने हुँदा ‘शान्ति-सम्झौता’ मार्फत प्राप्त सफलतालाई ‘सापेक्ष रूपले’ सफल भन्नु सही र उपयुक्त हुन्छ।

३. तत्कालीन माओवादी पार्टीभित्र मुख्य गल्ती कहाँ कहाँ भए त?

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्तिसन्तुलनको ठीक मूल्यांकन गरेर शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौं।

पहिलो, २०६४ श्रावणको काठमाण्डौ बालाज्यू भेला/बैठकमा क.प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको ‘मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह’को दोधारे कुराले पार्टीमा तलसम्म गहिरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्‍यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्‍यायो।

दोस्रो, २०६७ मंसीरमा गोरखा पालुङटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाइ-लाइनको संघर्षमा पार्टीले कुनै निर्णय गर्न सकेन। त्यसको एक महिना पछि २०६७ पुसमा काठमाण्डौमा भएको केन्द्रीय समितिको बैठकमा ‘किरणसँग एकता प्रधान, बाबुरामसँग संघर्ष प्रधान’ भन्ने क. प्रचण्डको अर्को चर्चित महावाणी आयो।

केही महिनापछि (सायद २०६८ वैशाख?) सिन्धुपाल्चोक सिकुटेममा भएको बैठकमा क. प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो। त्यति बेलासम्म परिस्थिति निकै प्रतिकुल बन्दै गैसकेको थियो।

तेस्रो, २०६९ जेठ २ गते मेरो प्रधानमन्त्रीत्व कालमा कांग्रेस, एमाले सहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको थियो। जस्तै- फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट अनुमोदित प्रम, पहिचान सहितको ११ प्रदेशको संघीयता, संवैधानिक अदालत आदि। तर त्यसमा आफ्नै पार्टीभित्रबाट समेत बिरोध भएर अन्ततः भाँडिनु ठूलो गल्ती मात्र नभएर अपराधै भयो।

यदि त्यो सहमति कायम भएको भए पहिलो संविधानसभाबाट २०६९ जेठ १४ गते संविधान जारी हुन्थ्यो र माओवादी आन्दोलनको उपलब्धी नेपाली इतिहासमा युगौं युगसम्म स्थापित हुन्थ्यो।

४. तैपनि विश्वमा कतै माओवादी आन्दोलन सफल नभएको वेला नेपालमा चाहिं यति उपलब्धी कसरी भयो त?

– किनकि हामीले कुनै पनि ‘वाद’ लाई यान्त्रिक जडसूत्रको रूपमा नलिएर एउटा मार्गदर्शक विज्ञानको रूपमा लियौं र आफ्नै देश र समाजको सापेक्षतामा सिर्जनात्मक ढंगले प्रयोग गर्यौं। वर्गलाई मात्र नहेरेर जाति,क्षेत्र,लिंग,समुदायलाई पनि हेर्यौं। सशस्त्र र शान्तिपूर्ण संघर्ष, गाउँ र शहर, खुला र भूमिगत, वैधानिक र अवैधानिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय,राजनीतिक र आर्थिक-सामाजिक, स्थूल र सूक्ष्म, संसदीय र गैरसंसदीय आदि पूरक र भिन्न प्रवर्गको सन्तुलन मिलाएर अघि बढ्ने नीति लियौं। मुख्य कुरा रणनीतिमा दृढ हुॅदै कार्यनीतिमा लचिलो बन्यौं। क्रान्ति र शान्ति विपरितार्थी हैन पूरक तत्व हुन् भन्ने सावित गर्यौं। त्यसैले नेपालको माओवादी आन्दोलन अरू देशको भन्दा भिन्न रह्ये र सफलताको सिंढी चढ्न सक्यो।

५. त्यत्रो क्रान्तिकारी आन्दोलन अहिले कसरी स्खलित भयो त?

– पूरै क्रान्ति र आन्दोलन स्खलित भएको हैन। समाज विकासको नियम अनुसार क्रान्तिको एउटा चरण आफ्नै मौलिकता सहित पूरा भएर नयाँ चरणमा प्रवेश गरेको हो। नेपालमा आफ्नै मौलिकता सहित, माओवादी भाष्यमा भन्दा, पूँजीवादी जनवादी क्रान्तिको चरण पूरा भएर नयाँ ढंगको समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरेको हो। यसलाई बुझ्ने र लागू गर्ने विषयमा मूल नेतृत्वपंक्तिमा बुझाइको समस्या र सांस्कृतिक रूपमा भयंकर स्खलन र विचलन आजको मुख्य समस्या हो।

त्यो स्खलन आज अकस्मात पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप हो। खासगरी अति केन्द्रीकृत ढाँचामा बनेको पार्टीको मूल नेतृत्व वरिपरि स्वार्थ समूह हुर्कनु र पछिल्लो सत्तादेखि सत्तसम्मको संसदीय खेलमा त्यो झन् जब्बर बन्दै जानु मुख्य चुनौति हो।

त्यसैले सबै चीजको आयु भए झै माओवादी आन्दोलनले पनि आफ्नो एउटा चरणको कार्यभार पूरा गरिसकेको सन्दर्भमा अर्को ऐतिहासिक चरणमा समग्र आन्दोलनको नै वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक ढंगले रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।

६. माओवादी आन्दोलनलाई अब कसरी पुनर्गठित गर्ने त?

– एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तरविरोधहरू र भर्खरै किनारा पुँजीवाद (Peripheral Capitalism) को चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पूँजीवादको सांग्लोमा बाँधिदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार,दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ। विगतका कम्युनिष्ट सत्ताहरू किन ढले? संसदीय कम्युनिज्म किन लोप हुँदै गैरहेछ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो। केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्