प्रतिकात्मक तस्वीर
चितवन– गैंडाको आक्रमणबाट चितवनमा १ जना महिलाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित हरियाली सामुदायिक वनमा गैंडाको आक्रमणबाट सोही ठाउँ जगतपुर बस्ने ३८ वर्षीया सम्झना दराईको बुधबार दिउँसो मृत्यु भएको हो।
वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।