काठमाडाैं– पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रिपब्लिक आयरल्याण्डविरुद्ध दुई गोल गर्दै अली दाइको कीर्तिमान तोडेका छन्।
कतार विश्वकप छनोट २०२२ अन्तर्गत बुधबार आल्लर्वे स्टेडियममा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध भएको खेलमा दुई गोल गर्दै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका हुन्।
रोनाल्डो प्रेरित पोर्चुगलले आयरल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो। ३६ वर्षिया रोनाल्डोले अन्तिम समयमा हेडमार्फत दुई गोल गरेका थिए।
अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए। रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए।
रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानीसमेत बराबरी गरेका छन्।
रोनाल्डोले गोल गरेकाे देश कुन–कुन हाे?
रोनाल्डोले आफ्नो करियरमा ४४ देशविरुद्ध गोल गरेका छन्। रोनाल्डो सबैभन्दा धेरै गोल गरेका दुई देश हुन्, लिथुआनिया र स्वीडेन। उनले आफ्नो करिअरमा दुबै देशविरुद्ध सात/सात गोल गरेका छन्।
यो सूचीमा अर्को देश अन्डोरा थपिएको छ। अन्डोराविरूद्ध रोनाल्डोले ६ गोल गरेका छन्।
यस्तै, आर्मेनिया, लाट्भिया र लक्जमबर्गविरुद्ध उनले पाँच/पाँच गोल गरेका छन्। यता, एस्टोनिया, फरो आइल्याण्ड, हंगेरी र नेदरल्याण्ड्सविरुद्ध चार/चार गोल गरेका छन्।
यस्तै, बेल्जियम, डेनमार्क, उत्तरी आयरल्याण्ड, रूस, स्पेन र स्विट्जरल्याण्डविरुद्ध तीन/तीन गोल गरेका छन्।
अजरबैजान, बोस्निया र हर्जगोभिना, क्यामरून, साइप्रस, चेक गणतन्त्र, इजिप्ट, कजाकिस्तान, साउदी अरब र फ्रान्सविरुद्ध दुई/दुई गोल गरेका छन्।
अर्जेन्टिना, क्रोएसिया, इक्वेडर, फिनल्याण्ड, घाना, ग्रीस, आइसल्याण्ड, इरान, मोरक्को, जर्मनी, वेल्स, युक्रेन र स्लोभाकियाविरुद्ध एक/एक गोल गरेका छन्।
यता, सर्बिया, पोल्याण्ड, पानामा, उत्तर कोरिया र न्यूजील्याण्डविरुद्ध एक/एक गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।