फाइल तस्वीर
काठमाडौं– नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल खेल्न लागेको हो ।
साढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने खेलमा जितको लक्षसहित मैदान उत्रने नेपाली टोलीले जनाएको छ।
आजको खेलमा ५१ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिइने एन्फाले जनाएको छ।
खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ।
दोस्रो खेल आगामी आइतवार हुनेछ। असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।