काठमाडौं– क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्।
यसअघि यो कीर्तिमान इरानका अलि दाइको नाममा थियो। आज बिहान सम्पन्न खेलमा अलि दाइ १०९ गोलको कीर्तिमानीलाई रोनाल्डोले पछि पारेका हुन्। उनले व्यक्तिगत १११ गोल गरेका छन्।
आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगल रोनाल्डाको गोलमा विजयी बनेको हो। खेलको अन्तिम समयमा रोनाल्डोले दुई गोलगरेका थिए।
पहिलो हाफबाटै अग्रता लिएको आयरल्याण्डमाथि पोर्चुगल निकै बलियो देखिएपनि गोल गर्न भने सकेको थिए।
खेलको ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जित दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।