काठमाडौं- नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्तिपत्र प्रदान गरिएको छ। रक्षासचिव बेगेन्द्रराज शर्माले रक्षा मन्त्रालयमा एक कार्यक्रमबीच शर्मालाई नियुक्तिपत्र प्रदान गरेका हुन्।
साउन २६ गते सरकारले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेको थियो। केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।
भदौ २४ गतेबाट प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाशमा जाने भएपछि सरकारले दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी शर्मालाई कायममुकाम प्रधानसेनापतिमा नियुक्त गरेको थियो। थापा एक महिनाअघि नै घर बिदामा बसिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।