• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

छोरीको क्षमता नचिन्ने, ज्वाइँबाट सुरक्षा खाेज्ने!

64x64
धनु विश्वकर्मा सोमबार, भदौ २१, २०७८  ०७:०५
1140x725

बागबजारको पद्मकन्या (पीके) बहुमुखी क्याम्पसलाई कतिपयले ‘महिला विश्वविद्यालय’ पनि भन्दा रहेछन्। भन्नेले जे भनून्, अन्य सरकारी क्याम्पसभन्दा पद्यकन्या धेरै फरक छ। त्यो फरक, महिला क्याम्पस हुनुले मात्र भएको होइन। तर, यो फरकपनासँगै विरोधाभास पनि उति नै छन्।

क्याम्पसका प्रायः हरेक भवनमा ‘महिलाको सशक्तिकरण’ लेखेको भेटिन्छ। तर, ती भित्ताका अक्षर र कतिपय छात्राका अनुभव र अपेक्षा भने उल्टो दिशामा घुमेका छन्। 

पीके जान छाडेपछि सबैभन्दा बढी सम्झनामा आउने रुद्राक्षको बोट भएको चौतारो हो। त्यहाँ बसेर कति कप चिया खाइयो र कति समय ‘गफ लाएर’ बसियो, त्यसको हिसाब कसले राख्ने? बरु एउटै थेगो थियो– ‘चिया खाएर चार लाख सकियो।’

स्नातक सकिने दिन नजिकिँदा परीक्षाको तनाव त हुन्छ नै, ‘अब के गर्ने?’ भन्ने अर्को तनाव पनि हुन्छ। त्यति बेला गफका विषय ‘अब कता पढ्ने? कुन विषय पढ्ने?’ भन्ने नै हुन्छ। तर, पढ्ने र ‘करिअर’ बनाउने यही बेला आइलाग्ने अर्को झमला हो, बिहेको प्रस्ताव।

त्यही रुद्राक्षको फेदमा बसेर धेरै साथीका प्रेमप्रसंग सुनियो। कतिका ‘ब्रेकअप’ कहानी पनि सुनियो। कतिका बिहेपछिको जिन्दगीको योजना थाहा पाइयो। तर, मागी बिहे हुँदै गर्दाको अनुभूति कसैले बाँडेको थिएन।

एक दिन रुद्राक्षको फेदमा बहस चलिरहेको बेला एक जना साथी अलि पर मोबाइलमा कुरा गरिरहेकी थिइ। कुरा सकाएपछि ऊ पनि त्यहीँ आई र भनी– ‘मलाई माग्न घरमा केटा आउने कुरा रहेछ।’

सबै जना गलल हाँसे।

‘म त यस्तो केटासँग बिहे गर्ने हो। यता घुम्न जाने हो। यस्तो घर बनाउने हो।’ यी भइरहने गफ थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो हाँसो थामिएपछि उनी परिवारले भनेको कुरा सुनाउन थालिन्। ‘केटा लायकको छ रे। पढे लेखेको छ रे। काम गर्छ रे। कमाइ राम्रो छ रे। घरपरिवार पनि सहरमा बसेका छन् रे। केटो सहरमा हुर्केकोले बुझक्की छ रे। हाम्रो परिवारभन्दा सम्पत्ति पनि भएकै हुन् रे। केटा हेरेर कुरा अघि बढाउनुपर्छ है, सकेसम्म नाइँ नभन्नू भनेका छन्।’

मलाई चाहिँ यस्ता कुरा सुन्दै अचम्म लाग्छ। रे, तर, परन्तु, किन्तु महिलाका लागि मात्र बनेका शब्द जस्ता लाग्छन्। युवतीहरुको भविष्य ‘रे’ मा भर परेको हुन्छ। दुई फरक परिवार, दुई फरक संस्कार, दुई फरक परिवेश र जीवन शैली तथा दुई फरक मनको मेल हुने विवाह जस्तो सम्बन्धलाई किन यसरी भृकुटी मण्डपको कपडा जसरी मोलमोलाइ गरेको होला? उफ्! तपाईंलाई चाहिँ अचम्म लाग्दैन?

यदि अचम्म लाग्दैन भने तपाईं पुरुष हुनुपर्छ। तर, महिलामाथि ‘लिङ्गीय विभेद’को सोच कम राख्नुहुन्छ भने पक्कै धैर्यपूर्वक मेरा अनुभूति पढ्न सक्नुहुन्छ।

तपाईंलाई अर्को अनुभव पनि सुनाइहाल्छु, एक लाइनमा। छोरीमाथि विभेद बाबुबाट मात्र नभइ आमाबाट पनि हुन्छ।

छोरीको बिहे गर्नुअघि ज्वाइँको सम्पत्तिको लेखाजोखा बाबुआमा दुवैले गरिरहेका हुन्छन्। ‘छोरीलाई ज्वाइँले पाल्नुपर्छ’ भन्ने सोच दुवैमा छ। यसको अर्थ हो– ‘मेरी छोरी कमजोर छ, गरीखान सक्दिन, त्यसैले ज्वाइँमा भर पर्नुपर्छ र ज्वाइँले पनि भर दिनुपर्छ।’

यसको अर्को मनोविज्ञान पनि छ, जुन पहिलोभन्दा खतरनाक छ। त्यो मनोविज्ञान हो– ‘जति पढे पनि र पढाए पनि छोरी भनेको बिहे गरेर अर्काको घर जाने, सासू, ससुरा स्याहार्ने, खाना पकाउने, बच्चा पाइदिने र हुर्काइदिन मात्र हो।’ प्रष्ट रुपमा नभने पनि व्यवहारबाट भन्न खोजिएको यही हो। सोच्नुहोस् त, यो मनोविज्ञानले महिलालाई मान्छे ठान्छ?

ज्वाइँ उमेरले छोरीभन्दा ठूलै हुनुपर्ने, छोरीभन्दा बढी पढेको हुनै पर्ने, आफूभन्दा अलिक हुने खाने हुनै पर्ने, बजार आसपास घरजग्गा भएको चाहिने, अझै सकभर विदेशतिर ‘सेटल’ भएको चाहिने, नभए सरकारी जागिर त हुनै पर्‍यो। यसरी पितृसत्तालाई संस्थागत गरिन्छ।

जन्माउने, हुर्काउने र कम–बढी पढाउने बाबुआमाले नै छोरीलाई दुर्बल ठान्छन् भने दुनियाँले के ठान्दो हो? २०/२५ वर्षसम्म आफूसँग हुर्काएर पनि छोरीको जीवन जिउने कला र क्षमता बाबुआमाले त चिन्दैनन् भने अर्को मान्छेले छोरीलाई खुसी दिन्छ भन्ने कसरी विश्वास गर्छन्? एकपटक झलक्क देखेको पुरुषप्रतिको यत्रो विश्वास गर्ने जग के हो?

अरु पनि यस्ता प्रश्न छन्, जसको जवाफ मैले पत्ता लाउन सकेको छैन। ज्वाइँ उमेरले छोरीभन्दा ठूलै हुनुपर्ने, छोरीभन्दा बढी पढेको हुनै पर्ने, आफूभन्दा अलिक हुने खाने हुनै पर्ने, बजार आसपास घरजग्गा भएको चाहिने, अझै सकभर विदेशतिर ‘सेटल’ भएको चाहिने, नभए सरकारी जागिर त हुनै पर्‍यो। यसरी पितृसत्तालाई संस्थागत गरिन्छ। अनि, महिलामाथिको विभेद कसरी हट्ला?

घरबाट बाहिर निस्कँदा पनि आफूभन्दा सानो भाइलाई साथी लैजान भनिन्छ। ‘छोरी भएर पनि यस्तो गर्छन्?’ अथवा ‘छोरी भएर पनि यस्तो बोल्छन्?’ भनेको त कति सुनियो, कति! हामीलाई त छोरी हुनुको हिनताभाव सिकाएर हुर्काइँदोरहेछ। 

हाम्रा बाआमाले किन भन्न सक्दैनन्– मेरी छोरी पनि सफल छिन्। उनको आफ्नै रुचि, चाहना, र लक्ष्य छ। त्यसको सम्मान गर्नुस्।

छोरीको विवाहलाई परिवारको इज्जतसँग जोडिन्छ। नजाने कति युवतीले आफ्नै मनमौजीले बिहे गर्छन्। धेरैले त ‘परिवारको इज्जत’ जोगाइदिन्छन्। र, फेरि पनि महिलाको गन्तव्य श्रीमानको घरमा गएर टुंगिन्छ। 

दाइजो र तराईमा दिइने तिलकको भाष्य पनि महिलाको कमजोरीलाई पुष्टि गर्न बनाइएको कुसंस्कार हो। महिला आर्थिक, शारीरिक र अरु जे–जे छन् सबै दृष्टिकोणबाट कमजोर भकाले केटा पक्षलाई खुसी बनाउन दाइजो र तिलकसँग छोरी ‘बेच्ने’ संस्कारविरुद्ध अब त बोल्नैपर्छ।

पढाइ, सीप र तालिमबाट दक्ष बनाएर बाबुआमाले आफ्नी छोरीको सक्षमतामा गर्व गर्नुपर्छ। बिहे गर्ने पुरुषले पनि क्षमतावान् जीवनसाथी रोजे हाम्रा कुसंस्कारहरु कम होलान्। यो जिम्मेवारी पुरुषको पनि हो।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्