• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

छोरीको क्षमता नचिन्ने, ज्वाइँबाट सुरक्षा खाेज्ने!

64x64
धनु विश्वकर्मा सोमबार, भदौ २१, २०७८  ०७:०५
1140x725

बागबजारको पद्मकन्या (पीके) बहुमुखी क्याम्पसलाई कतिपयले ‘महिला विश्वविद्यालय’ पनि भन्दा रहेछन्। भन्नेले जे भनून्, अन्य सरकारी क्याम्पसभन्दा पद्यकन्या धेरै फरक छ। त्यो फरक, महिला क्याम्पस हुनुले मात्र भएको होइन। तर, यो फरकपनासँगै विरोधाभास पनि उति नै छन्।

क्याम्पसका प्रायः हरेक भवनमा ‘महिलाको सशक्तिकरण’ लेखेको भेटिन्छ। तर, ती भित्ताका अक्षर र कतिपय छात्राका अनुभव र अपेक्षा भने उल्टो दिशामा घुमेका छन्। 

पीके जान छाडेपछि सबैभन्दा बढी सम्झनामा आउने रुद्राक्षको बोट भएको चौतारो हो। त्यहाँ बसेर कति कप चिया खाइयो र कति समय ‘गफ लाएर’ बसियो, त्यसको हिसाब कसले राख्ने? बरु एउटै थेगो थियो– ‘चिया खाएर चार लाख सकियो।’

स्नातक सकिने दिन नजिकिँदा परीक्षाको तनाव त हुन्छ नै, ‘अब के गर्ने?’ भन्ने अर्को तनाव पनि हुन्छ। त्यति बेला गफका विषय ‘अब कता पढ्ने? कुन विषय पढ्ने?’ भन्ने नै हुन्छ। तर, पढ्ने र ‘करिअर’ बनाउने यही बेला आइलाग्ने अर्को झमला हो, बिहेको प्रस्ताव।

त्यही रुद्राक्षको फेदमा बसेर धेरै साथीका प्रेमप्रसंग सुनियो। कतिका ‘ब्रेकअप’ कहानी पनि सुनियो। कतिका बिहेपछिको जिन्दगीको योजना थाहा पाइयो। तर, मागी बिहे हुँदै गर्दाको अनुभूति कसैले बाँडेको थिएन।

एक दिन रुद्राक्षको फेदमा बहस चलिरहेको बेला एक जना साथी अलि पर मोबाइलमा कुरा गरिरहेकी थिइ। कुरा सकाएपछि ऊ पनि त्यहीँ आई र भनी– ‘मलाई माग्न घरमा केटा आउने कुरा रहेछ।’

सबै जना गलल हाँसे।

‘म त यस्तो केटासँग बिहे गर्ने हो। यता घुम्न जाने हो। यस्तो घर बनाउने हो।’ यी भइरहने गफ थिए। 

Ncell 2
Ncell 2

हाम्रो हाँसो थामिएपछि उनी परिवारले भनेको कुरा सुनाउन थालिन्। ‘केटा लायकको छ रे। पढे लेखेको छ रे। काम गर्छ रे। कमाइ राम्रो छ रे। घरपरिवार पनि सहरमा बसेका छन् रे। केटो सहरमा हुर्केकोले बुझक्की छ रे। हाम्रो परिवारभन्दा सम्पत्ति पनि भएकै हुन् रे। केटा हेरेर कुरा अघि बढाउनुपर्छ है, सकेसम्म नाइँ नभन्नू भनेका छन्।’

मलाई चाहिँ यस्ता कुरा सुन्दै अचम्म लाग्छ। रे, तर, परन्तु, किन्तु महिलाका लागि मात्र बनेका शब्द जस्ता लाग्छन्। युवतीहरुको भविष्य ‘रे’ मा भर परेको हुन्छ। दुई फरक परिवार, दुई फरक संस्कार, दुई फरक परिवेश र जीवन शैली तथा दुई फरक मनको मेल हुने विवाह जस्तो सम्बन्धलाई किन यसरी भृकुटी मण्डपको कपडा जसरी मोलमोलाइ गरेको होला? उफ्! तपाईंलाई चाहिँ अचम्म लाग्दैन?

यदि अचम्म लाग्दैन भने तपाईं पुरुष हुनुपर्छ। तर, महिलामाथि ‘लिङ्गीय विभेद’को सोच कम राख्नुहुन्छ भने पक्कै धैर्यपूर्वक मेरा अनुभूति पढ्न सक्नुहुन्छ।

तपाईंलाई अर्को अनुभव पनि सुनाइहाल्छु, एक लाइनमा। छोरीमाथि विभेद बाबुबाट मात्र नभइ आमाबाट पनि हुन्छ।

छोरीको बिहे गर्नुअघि ज्वाइँको सम्पत्तिको लेखाजोखा बाबुआमा दुवैले गरिरहेका हुन्छन्। ‘छोरीलाई ज्वाइँले पाल्नुपर्छ’ भन्ने सोच दुवैमा छ। यसको अर्थ हो– ‘मेरी छोरी कमजोर छ, गरीखान सक्दिन, त्यसैले ज्वाइँमा भर पर्नुपर्छ र ज्वाइँले पनि भर दिनुपर्छ।’

यसको अर्को मनोविज्ञान पनि छ, जुन पहिलोभन्दा खतरनाक छ। त्यो मनोविज्ञान हो– ‘जति पढे पनि र पढाए पनि छोरी भनेको बिहे गरेर अर्काको घर जाने, सासू, ससुरा स्याहार्ने, खाना पकाउने, बच्चा पाइदिने र हुर्काइदिन मात्र हो।’ प्रष्ट रुपमा नभने पनि व्यवहारबाट भन्न खोजिएको यही हो। सोच्नुहोस् त, यो मनोविज्ञानले महिलालाई मान्छे ठान्छ?

ज्वाइँ उमेरले छोरीभन्दा ठूलै हुनुपर्ने, छोरीभन्दा बढी पढेको हुनै पर्ने, आफूभन्दा अलिक हुने खाने हुनै पर्ने, बजार आसपास घरजग्गा भएको चाहिने, अझै सकभर विदेशतिर ‘सेटल’ भएको चाहिने, नभए सरकारी जागिर त हुनै पर्‍यो। यसरी पितृसत्तालाई संस्थागत गरिन्छ।

जन्माउने, हुर्काउने र कम–बढी पढाउने बाबुआमाले नै छोरीलाई दुर्बल ठान्छन् भने दुनियाँले के ठान्दो हो? २०/२५ वर्षसम्म आफूसँग हुर्काएर पनि छोरीको जीवन जिउने कला र क्षमता बाबुआमाले त चिन्दैनन् भने अर्को मान्छेले छोरीलाई खुसी दिन्छ भन्ने कसरी विश्वास गर्छन्? एकपटक झलक्क देखेको पुरुषप्रतिको यत्रो विश्वास गर्ने जग के हो?

अरु पनि यस्ता प्रश्न छन्, जसको जवाफ मैले पत्ता लाउन सकेको छैन। ज्वाइँ उमेरले छोरीभन्दा ठूलै हुनुपर्ने, छोरीभन्दा बढी पढेको हुनै पर्ने, आफूभन्दा अलिक हुने खाने हुनै पर्ने, बजार आसपास घरजग्गा भएको चाहिने, अझै सकभर विदेशतिर ‘सेटल’ भएको चाहिने, नभए सरकारी जागिर त हुनै पर्‍यो। यसरी पितृसत्तालाई संस्थागत गरिन्छ। अनि, महिलामाथिको विभेद कसरी हट्ला?

घरबाट बाहिर निस्कँदा पनि आफूभन्दा सानो भाइलाई साथी लैजान भनिन्छ। ‘छोरी भएर पनि यस्तो गर्छन्?’ अथवा ‘छोरी भएर पनि यस्तो बोल्छन्?’ भनेको त कति सुनियो, कति! हामीलाई त छोरी हुनुको हिनताभाव सिकाएर हुर्काइँदोरहेछ। 

हाम्रा बाआमाले किन भन्न सक्दैनन्– मेरी छोरी पनि सफल छिन्। उनको आफ्नै रुचि, चाहना, र लक्ष्य छ। त्यसको सम्मान गर्नुस्।

छोरीको विवाहलाई परिवारको इज्जतसँग जोडिन्छ। नजाने कति युवतीले आफ्नै मनमौजीले बिहे गर्छन्। धेरैले त ‘परिवारको इज्जत’ जोगाइदिन्छन्। र, फेरि पनि महिलाको गन्तव्य श्रीमानको घरमा गएर टुंगिन्छ। 

दाइजो र तराईमा दिइने तिलकको भाष्य पनि महिलाको कमजोरीलाई पुष्टि गर्न बनाइएको कुसंस्कार हो। महिला आर्थिक, शारीरिक र अरु जे–जे छन् सबै दृष्टिकोणबाट कमजोर भकाले केटा पक्षलाई खुसी बनाउन दाइजो र तिलकसँग छोरी ‘बेच्ने’ संस्कारविरुद्ध अब त बोल्नैपर्छ।

पढाइ, सीप र तालिमबाट दक्ष बनाएर बाबुआमाले आफ्नी छोरीको सक्षमतामा गर्व गर्नुपर्छ। बिहे गर्ने पुरुषले पनि क्षमतावान् जीवनसाथी रोजे हाम्रा कुसंस्कारहरु कम होलान्। यो जिम्मेवारी पुरुषको पनि हो।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्