काठमाडाैं– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ५१ सय दर्शकलाई खेल हेर्न रंगशालामा प्रवेश दिइने जानकारी दिएका हुन्।
`दर्शकसहित खेल खेलाउनका लागि जिल्ला प्रशासन र सरकारलाई प्रस्ताव राखेको थियौं। सीसीएमसीले पनि दर्शक राख्न अनुमति दिएको छ,´ उनले भने। खेल हेर्नका लागि भने पीसीआर रिपोर्ट नेगेटिभ आएको र दुई डोज भ्याक्सिन लगाउनेलाई मात्रै प्रवेश दिइने बताए।
`कोरोनाको जोखिम उच्च नै रहेक कारण सबैलाई प्रवेश दिन सकिँदैन। पीसीआर परीक्षण गरेका र भ्याक्सिन लगाएकालाई मात्रै अनुमाति दिन सक्छौं,´ उनले भने। उनले टिकट मूल्य भने आजै बैठक बसेर निर्णय लिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।