प्रतिकात्मक तस्वीर
वीरगन्ज– ग्यास बुलेटको ठक्करबाट पर्साको वीरगन्जमा १ जनाको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका-२५ बहुअरी चोकमा एनएल ०१ एबी ४३७३ नम्बरको ग्यास बुलेटको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको हो।
मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका-२ पिपरा बस्ने ३० वर्षीय लालबाबु साह छन्। बुलेटको ठक्करबाट साहको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।