• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको रिट एकपछि अर्को एकल इजलासमा, मंगलबार पनि भएन दर्ताको आदेश 

64x64
नेपाल लाइभ मंगलबार, भदौ १५, २०७८  १८:५७
1140x725

काठमाडौं– न्यायाधीशको सम्पत्ति गोप्य राख्नुपर्ने व्यवस्था गरिएको कानुनविरुद्ध इजलासमा पेस भएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। 

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस्तो आदेश गरेको छ। अधिवक्ता प्रवेश केसीले न्यायाधीशको सम्पत्ति गोप्य राख्न नमिल्ने जिकिर गर्दै दायर गर्न ल्याएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेपछि उनले इजलासमा निवेदन दिएका थिए। 

अधिवक्ता केसी गत साउनमा रिट लिएर सर्वोच्च पुगेका थिए। उनको रिटमा न्यायाधीश पनि सार्वजनिक पदाधिकारी भएको र जनताको करबाट तलबभत्ता खाने भएकाले उनीहरुको सम्पत्ति विवरण गोप्य राख्न नहुने जिकिर गरिएको छ। 

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्ने/नगर्ने सम्बन्धमा सुनुवाइका लागि मंगलबार तेस्रोपटक पेसी चढेकोमा सुनुवाइ गर्दै फाइल मगाएपछि दर्ता हुने वा नहुने निश्चित भएको छैन। अब अर्को सुनुवाइपछि हुने आदेशले मात्र यसको तय हुने भएको छ। 

न्यायाधीश कार्कीले प्रशासनको दरपिठ सदर गर्ने कि दर्ता गर्न आदेश दिनुपर्नेमा फाइल मगाउँदै मुद्दा अर्को इजलासका लागि पन्छाएका छन्। अब उक्त विवाद फेरि पनि एकल इजलासले सुनुवाइ गर्ने छ। 

Ncell 2
Ncell 2

कार्कीको इजलासले किन दरपिठ गरिएको त्यसको जवाफ देउ भनि आदेश गरेको छ। सर्वोच्च प्रशासनले लिखित जवाफ पेस गरेपछि यो विवाद एकल इजलासमा सुनुवाइ हुने छ। 

अधिवक्ता केसीले सार्वजनिक सरोकारको मुद्दाअन्तर्गत सर्वोच्चमा दर्ताका लागि रिट ल्याएका थिए। तर, सर्वोच्च प्रशासनले त्यसलाई १९ साउनमा  दरपिठ गरिदिएको थियो। 

न्यायपरिषद् ऐनले नै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न नपर्ने अधिकार दिएको भन्दै सर्वोच्च प्रशासनले केसीको रिट दरपिठ गरेको थियो। रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको उक्त आदेश चित्तबुझ्दो नभएको भन्दै अधिवक्ता केसीले इजलासमा  निवेदन दिएका थिए।   

निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाइका लागि पहिलोपटक २६ साउनमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा पेसी रहेको थियो। न्यायाधीश राउतको इजलासले रिटमाथि ठेगाना फरक परेको भन्दै सामान्य संशोधन आदेश दिएको थियो। त्यसपछि सुनुवाइका लागि रिट दोस्रोपटक पेसी चढेको थियो।

न्याय परिषद् ऐन, २०७३ को दफा २९ को उपदफा (३), (१) र (२) मा 'न्यायाधीशको सम्पत्ति गोप्य राखिनेछ' भन्ने प्रावधान छ। ऐनको उक्त प्रावधानले नेपालको संविधानको धारा २७ ले दिएका अधिकार अनुचित रूपले बन्देज लगाएकाले सो प्रावधानलाई बदर गर्न रिटमा मागदाबी गरिएको छ।  

सर्वोच्चले यो विषय ऐन र कानुनमा नै भएको व्यवस्था भएकाले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ आदेश जारी गरेको थियो।

लोकतन्त्रमा सबै नागरिकलाई सार्वजनिक सरोकारको सूचना पाउने अधिकार संविधानको धारा २७ मा समेत उल्लेख भएको र सूचनाको हकसम्बन्धी ऐन २०६४ समेतको बर्खिलाप हुने गरी सम्पत्ति गोप्य राखिएको जिकिर रिटमा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति लामिछाने आज रूपन्देहीका ५ वटै क्षेत्रमा पुग्ने
अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
तनहुँमा छयालिस लाख राजश्व संकलन
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछाने आज रूपन्देहीका ५ वटै क्षेत्रमा पुग्ने बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ । सोमबार, माघ २६, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभि... आइतबार, माघ २५, २०८२
पुरानै व्यवस्थाको चुनावले समाधान त दिँदैन, थप संकट टार्न होमियौँ : राजेन्द्र लिङ्देन आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारहरुसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चुनावले... आइतबार, माघ २५, २०८२
ताजा समाचारसबै
रास्वपा सभापति लामिछाने आज रूपन्देहीका ५ वटै क्षेत्रमा पुग्ने सोमबार, माघ २६, २०८२
अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते सोमबार, माघ २६, २०८२
तनहुँमा छयालिस लाख राजश्व संकलन सोमबार, माघ २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ २६, २०८२
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ २६, २०८२
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्