काठमाडौं- नेकपा (एमाले) परित्याग गरेर सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदहरूले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
उनीहरूले मंगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर आफूहरु एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आज १० जना सांसदहरुले सनाखत गरेको र भोलि थप चार जनाले सनाखत गर्ने बताइन्।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित एमालेका २५ जना सासंद रहेका छन्। एमाले विभाजन हुनुअघि अध्यक्ष केपी शर्मा ओली पक्षमा ७ जना मात्रै सांसद रहेका थिए। सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षमा थिए।
ती मध्ये १० जनाले मंगलबार एकीकृत समाजवादी पार्टी रोजेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।