काठमाडौं– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्।
नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)हरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्मतमा परेकी हुन्।
१०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ जना सांसद छन्। प्रदेश सभामा बहुमतका लागि ५५ जना नै सांसदको साथ चाहिन्छ।
१२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद मात्रै बाँकी रहेका छन्।
निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो।
मंगलबार एमालेका १२ सांसदले हेटौंडास्थित निर्वाचन आयोगको कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी रोज्ने बताएका हुन्।
एमाले सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्माले एकीकृत समाजवादी रोजेका हुन्।
नेकपा एकीकृत समाजवादीका नेताहरुले एमाले छाडेर आफूहरुको दल रोज्ने प्रदेश सभाका सदस्यहरुको पद अझै बढ्ने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।