काठमाडौं- नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय स्थापना भएको छ।
एमालेबाट विभाजित भएर बनेको दल एकीकृत समाजवादीलाई संघीय संसद सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराएको हो।
निर्वाचन आयोगमा दर्ता भएर प्रमाणपत्र पाएपछि एकीकृत समाजवादीलाई सचिवालयले कार्यालय उपलब्ध गराएको हो। संघीय संसद सचिवालय सिंहदरबारको भवन नम्बर १ को दोस्रो तल्लामा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सञ्चालनमा आएको हो।
एकीकृत समाजवादीले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको थियो। एकीकृत समाजवादीसँग संघीय संसदमा ३० सांसद रहेका छन्।
उक्त दलले पार्टी कार्यालय भने स्थापना गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।