• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोग बढ्दो क्रममा, परिवारैपिच्छे भेटिन्छन् बिरामी

डा.फणिन्द्र बराल  बिहीबार, भदौ १७, २०७८  ११:५६
1140x725

अहिले कुल मृत्युमध्ये ७१ प्रतिशतको कारण नसर्ने रोग हुन्। सन् २०१८ सम्ममा ६५ प्रतिशत मात्र थियो। नसर्ने रोग बढ्दो क्रममा छ। ६० वर्ष माथिका व्यक्तिलाई नसर्ने रोग लागे सामान्य मान्न सकिन्छ। तर, युवाहरु पनि पीडित भइरहेका छन्। ४० वर्षमाथिका व्यक्तिमा ह्रदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ। 

कुनै पनि सदस्यलाई नसर्ने रोग नभएको सायद कुनै परिवार छैन। हिजोसम्म सर्ने रोगहरुको मात्र प्रकोप थियो, आज ठूलो जनसंख्या नसर्ने रोगको जोखिममा छ। त्यसैले यो रोगतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ। राज्यले पनि प्राथमिकता दिनुपर्छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने तथा मानसिक रोगलाई ‘पब्लिक हेल्थ’ को रुपमा पहिचान गरेको ४/५ वर्ष मात्र भयो। पहिला यससम्बन्धी कार्यक्रम पुनर्जागरण महाशाखा अन्तर्गत थियो। तीन वर्षदेखि मात्र छुट्टै ‘नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा’ छ। तर, भोलि एउटा शाखाले मात्र पुग्दैन। टीबीको छुट्टै, एचआईभी एड्सको छुट्टै केन्द्र छ भने नसर्ने रोगका पनि छुट्टाछुट्टै केन्द्र हुन आवश्यक छ। 

यो शाखाले चलाइरहेको ‘पेन प्याकेज’ कार्यक्रम चार वटा रोग र तिनका कारकमा केन्द्रित छ। मुटुजन्य रोग तथा उच्च रक्तचाप, मधुमेह, सिओपीडी (फोक्सो सम्बन्धी रोग) र रोकथाम गर्न सकिने क्यान्सर (पाठेघर र स्तन क्यान्सर) ‘पेन प्याकेज’ले समेट्छ। यसका कारक धूमपान, मादक पदार्थ, अस्वस्थकर खाना र शारीरिक क्रियाकलाप हुन्। अहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘फाइभ बाई फाइभ’ भन्न थालेको छ। डब्लुएचओले यीबाहेक मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई पनि थपेको छ। रोगको कारणमा वायु प्रदूषणलाई समेत राखेको छ। यसलाई हामीले मनन गरेर आफ्ना क्रियाकलाप अघि बढाएका छौँ। 

‘पेन प्याकेज’ ७७ वटै जिल्लामा पुर्‍याउने उद्देश्यका साथ सन् २०१६÷१७ मा इलाम र कैलालीबाट सुरु भएको हो। गत वर्ष नै यो कार्यक्रम सबै जिल्लामा पुर्‍याउने उद्देश्य थियो। तर, कोभिडले प्रभावित भएकाले ६० जिल्लामा मात्र लागू छ। यो वर्षको अन्त्यसम्ममा सबै जिल्लामा पुर्‍याउनले लक्ष छ। 

निःशुल्क औषधिको व्यवस्था, तर अपर्याप्त
यो कार्यक्रमको उद्देश्य स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर उनीहरुको माध्यमबाट माथि उल्लेख गरिएका रोग र जोखिम कारक तत्वबारे जनचेतना फैलाउने हो। रोग लाग्यो भने प्रारम्भिक पहिचान कसरी गर्ने? रोग लाग्न नदिन के गर्ने? जस्ता विषयमा जनचेतना फैलाइन्छ। माथि उल्लिखित रोग लागिहाले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि दिने व्यवस्था छ। यो वर्ष औषधि सुनिश्चित गर्नका लागि प्रत्येक प्रदेशमा रु.१ करोडका दरले बजेट बिनियोजन भएको छ।

मानसिक रोगमा प्रयोग हुने औषधिलाई ‘साइको ट्रपिक ड्रग’ भनिन्छ। ११ प्रकारको साइको ट्रपिक ड्रग उपलब्ध गराउने कार्यक्रम छ। यो वर्ष प्रादेशिक अस्पतालहरुमा रु.५० लाखका दरले साइको ट्रपिक ड्रगको खरिदका लागि विनियोजन गरिएको छ। करिब डेढ वर्षलाई पुग्ने औषधि स्टकमा छ। जुन सबै स्वास्थ्य संस्थामा पठाइएको छ। यो आर्थिक वर्षमा अझै ५० लाखको औषधि खरिद हुँदैछ। 

साइको ट्रपिकल ड्रग भनौँ या उच्च रक्तचापको औषधि होस्, बिरामीले जीवनभर खानुपर्छ। जीवनभर खाने औषधि राज्यले सधैँभरी निःशुल्क गर्न ठूलो आर्थिक भार हुन्छ। अहिलेसम्म त हामीले धानिरहेका छौँ। तर, धेरै मानिसले निजी स्वास्थ्य संस्थाबाट औषधि खरिद गरिरहेका छन्। ती स्वास्थ्य संस्थामा जाने व्यक्ति पनि सरकारी स्वास्थ्य संस्थामा आउने हो भने राज्यले धान्न गाह्रो छ। जुन हाम्रो लागि सबैभन्दा ठूलो चुनौती हो। 

Ncell 2
Ncell 2
nimb
nimb

नसर्ने र मानसिक रोगका सबै बिरामीलाई स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराउँछौ भन्ने हो भने स्वास्थ्यको सबै बजेट त्यही खर्च हुन्छ। त्यसैले नसर्ने रोगलाई बीमासँग जोडिएर लग्नुपर्छ। 

योसँगै भौतिक संरचना र जनशक्ति व्यवस्थान पनि चुनौतीपूर्ण छ। आजभन्दा २० वर्ष अगाडीको संगठनात्मक संरचनाले अब स्वास्थ्य संस्था चल्दैन। अब संरचना संशोधन गर्न जरुरी छ। कुल स्वास्थ्य क्षेत्रको ५० प्रतिशत बजेट यो क्षेत्रमा हुन आवश्यक छ।

जनचेतना फैलाउने कार्यक्रम पनि यो शाखाको प्रमुख प्राथमिकतामा पर्छ। किनभने अझै पनि मानिसहरु मानसिक समस्याबारे खुलेर कुरा गर्न सक्दैनन्। यद्यपि विगतको तुलनामा केही खुल्न थालेका छन्। तर, साइकोसिस जस्ता गम्भीर खालका मानसिक रोगबारे अझै लुकाउने गरिन्छ। समाजमा अपहेलित हुने डरले यसो गरिएको हो। प्रारम्भिक चरणमा बढीभन्दा बढी समस्याको पहिचान गरेर गम्भीर खालको समस्यामा परिणत हुन नदिन सामुदायिक स्वास्थ्य कार्यक्रमको भूमिका छ। 

क्लिनिलक साइकोलोजिष्ट र काउन्सिलरलाई त स्वास्थ्य मन्त्रालयले अझै पनि चिनेको छैन। तर, यो रणनीतिले बोलेको छ। कम्तिमा पनि एउटा पालिकामा एक जना काउन्सिलर हुनुपर्छ र एउटा जिल्लामा एक जना साइकाट्रिक्स पुर्‍याउनुपर्छ भन्ने हाम्रो वकालत हो। प्रदेशस्तरीय मुख्य अस्पतालमा क्लिनिकल साइकोलोजिष्टको दरबन्दी पनि बनाउनुपर्छ। 

केन्द्र, प्रदेश र स्थानीय तहको जिम्मेवारी
नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका लागि केन्द्रमा करिब रु. ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। प्रदेशमा नसर्ने तथा मानसिक रोगको औषधि खरिदका लागि साढे १० करोड, कार्यक्रम गर्न थप ८ करोड गरी करिब १८ करोड विनियोजन भएको छ। यो वर्ष बजेट बढेको छ। तर, अझै कम नै छ। 

डब्लुएचओसँग समन्वय गरी नर्वेजियन फण्ड नोर्‍याटमार्फत वर्षेनी मानसिक स्वास्थ्यको लागि रु.४ देखि ५ करोड, नसर्ने रोगको लागि पनि रु.४ देखि ५ करोड प्राप्त हुन्छ। सरदरमा वैदेशिक स्रोतबाट रु.१० करोड र सरकारबाट झण्डै रु.३० करोड यसै वर्षदेखि विनियोजन गरेको अवस्था हो। विगतको तुलनामा बजेट २० प्रतिशतले वृद्धि भएको छ।

स्वास्थ्यकर्मीको तालिमका लागि करिब ९० लाखदेखि १ करोड बजेट प्रत्येक प्रदेशमा गएको छ। औजार उपकरण अन्तर्गत ग्लुकोज परीक्षण गर्ने ग्लुकोमिटर, डिपिस्टिक युरिनरी टेस्ट (जसबाट पिसाबबाट सुगर र प्रोटिन परीक्षण गरिन्छ), बडी माक्स इन्डेक्स (बीएमआई) शरीरको तौल र उचाई नाप्ने, सिओपीडी थाहा पाउने उपकरण लगायत सामग्री खरिद गर्न प्रत्येक प्रदेशमा थप रु.१५ देखि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। यसरी नसर्ने रोगको कार्यक्रमका लागि एक प्रदेशमा रु.२ करोड २५ लाखसम्म विनियोजन भएको छ। 

स्थानीय तहका लागि अहिले एउटा कार्यक्रम मात्र छ। पिसाबमा अल्मोमिन र सुगर परीक्षण गर्ने टेष्ट किट हरेक पालिकामा जान्छ। यसबाट ४० वर्षमाथिका व्यक्तिको ‘स्क्रिनिङ’ गरिन्छ। मिर्गौला सम्बन्धी रोग र मधुमेहबारे थाहा पाउन यस्तो  स्क्रिनिङ हुन्छ। 

जनचेतनाको पाटोमा काम गर्नका लागि नसर्ने र मानसिक रोग सम्बन्धी सात वटा दिवस मनाउँछौँ। नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, सीओपीडी र क्यान्सर दिवस छन्। मानसिक स्वास्थ्यतर्फ मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम र अल्जाइमर्स दिवस छन्। यी दिवस मनाउन हरेक पालिकामा प्रतिदिवस रु.१० हजारका दरले बजेट गएको छ। यसको कुल रकम रु.६ करोड हुन आउँछ। 

रोग विशेषका छुट्टाछुट्टै कार्यक्रम
पेन कार्यक्रमबाहेक क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाउँदैछौँ। ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी’ हालसम्म नेपालमा छैन। क्यान्सरको उपरचार तथा सेवाहरु विभिन्न अस्पतालबाट भइरहेका छन्। तर, राष्टियस्तरको रणनीति छैन। त्यसैले चालु आर्थिक वर्षमा ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलपमेन्ट’ बनाउँदैछौँ। भर्खरै मात्र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठज्यूले चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पताललाई ‘क्यान्सरको रोगको राष्ट्रिय अध्ययन संस्थान’ बनाउने भन्नुभएको छ। क्यान्सर रोगको अध्ययन संस्थान पनि यो रणनीतिको एउटा पाटो रहन्छ। 

यो रणनीतिमा क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान र उपचारका विषय उल्लेख छन्। चौँथो स्टेजको क्यान्सर लागिसकेका व्यक्तिको जीवनयापनलाई सहज बनाउने विषयलाई पनि रणनीतिले प्राथमिकतामा राखेको छ। यो रणनीति बनिसकेपछि यसको आधारमा स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयले बजेट बिनियोजन गरेर कार्यक्रम अघि बढाउने छन्।  

अर्को, ‘इन्जुरी प्रिभेन्सन’को विषय पनि अघि बढेको छ। ‘इन्जुरी प्रिभेन्सन स्ट्राटेजी एण्ड फाइभ इयर एक्सन प्लान’ विकास गरेर अघि बढ्ने सोच छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ पनि बनेको छ। करिब डेढ वर्ष लगाएर विज्ञहरुसँग छलफल गरी यो कार्ययोजना बनेको हो। यसका पाँच वटा रणनीतिक आधारमा मानिसक स्वास्थ्यको क्षेत्रमा कार्यक्रमहरु अघि बढाइएको छ।

सरकारले चालु आर्थिक वर्षमा देशका सात वटा अस्पतालहरुलाई नसर्ने रोगको रुपमा विशिष्टकृत गर्दैछ। यसको लागि रु.६६ करोडभन्दा बढी बजेट विनियोजन भएको छ। यी अस्पतालमा क्यान्सरको उपचार पनि हुनेछ। कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो। यी अस्पतालहरुमा कार्डियोलोजी, क्यान्सर, सीओपीडी, मिर्गौला, मधुमेहलगायत नसर्ने रोगको उपचारका लागि विशेषज्ञको दरबन्दी हुनेछ। ती प्रदेशमा त्यहाँका नागरिकले नसर्ने रोगको विशिष्टकृत सेवा पाउन् भन्ने हाम्रो उद्देश्य हो। 

मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल सबै प्रदेशमा
मानसिक स्वास्थ्यको क्षेत्रमा पनि काम भइरहेको छ। जहाँ पहिले नै मानसिक स्वास्थ्य अन्तरंग सेवा छ, त्यसलाई छोडेर १३ वटा अस्पतालहरुमा १० शय्यासहित मानसिक स्वास्थ्य अन्तरंग सेवा सुरु गर्ने योजना छ। यी अस्पतालमा मनोचिकित्सकसहित कम्तीमा एक जना क्लिनिकल साइकोलोजिष्ट, साइकाइट्रिक्स नर्स र काउन्सिलर जनशक्तिसहित सेवा सुरु हुनेछ। डिप्रेशनलगायतको उपचारमा प्रयोग हुने इलेक्ट्रोकन्भल्सिभ थेरापी (ईसीटी) उपकरणसहितको सेवा पुर्‍याउने लक्ष्य छ। 

अहिले राजविराज तथा जनकपुर अस्पतालमा मनोचिकित्सक हुनुहुन्छ। तर, त्यहाँ भर्ना गरेर उपचार गरिँदैन। अहिले पनि धेरै अस्पतालमा मानसिक रोगको उपचारका लागि शय्या छुट्याइएको छैन। अब यी विषय सम्बोधन हुनेछन्। 

मेची अस्पताल, कोशी अस्पताल, राजविराज अस्पताल, जनकपुर अस्पताल, वीरगञ्ज अस्पताल, हेटौँडा अस्पताल, बागलुङ अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, तुलसीपुर अस्पताल, भेरी अस्पताल, सुर्खेत अस्पताल, सेती अस्पताल र डडेल्धुरा अस्पतालमा यो सेवा सुरु हुँदैछ। नोर्‍याटले वर्षेनी उपलब्ध गराउने रु.४ देखि ५ करोड बजेट सामुदायिक स्तरमा कार्यक्रम गर्न १४ वटा जिल्लामा केन्द्रित छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनाका आधारमा कार्यक्रमहरु अघि बढेका छन्।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले महामारीमा मानसिक रोग बढाएको देखाएको छ। नेपाल पक्कै पनि अछुतो छैन। लकडाउनमा आत्महत्याका समस्या बढेको छ। झण्डै १० देखि १५ प्रतिशतले यो समस्या बढेको पाइएको छ। आत्महत्याको ८० देखि ९० प्रतिशत कारण मानसिक रोग हो। त्यसमा पनि ‘मेजर डिप्रेशन’ यसको प्रमुख कारण हो। बाँकी लागू औषध प्रयोग गर्ने र अन्य समस्याका कारण हुन्छ। 

-स्वास्थ्य मन्त्रालय, नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका प्रमुख डा. बरालसँग कमला गुरुङले गरेको कुराकानीमा आधारित।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्