काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विहानबाट बसेको बैठकले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार टुंग्याउने निर्णय गरेको छ।
आजै साँझ वा भोलि बिहान पुन: बैठक बसेर बुधबारसम्ममा मन्त्रिमण्डल विस्तार टुंग्याउने गरी मंगलबार बिहानको बैठक सकिएको बैठकमा सहभागी एक नेताले बताए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए।
देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भइरहेको छ। आलोचना जारी रहँदा गठबन्धनका दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय र संख्याको टुंगो लगाउन जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।