काठमाडौं– स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस सुवारेज दुई साता मैदान बाहिर रहने भएका छन्। ला लिगा अन्तर्गत आइतबार भएको भिल्ला रियल विरुद्धको खेलमा उनी घाइते भएका थिए।
सुवारेजको देब्रे घुँडामा चोट देखिएको बताउँदै उनी कम्तीमा दुई साता मैदान बाहिर रहने क्लबले जानकारी दिएको छ।
दुई साता मैदान बाहिर रहने उनले सेप्टेम्बरमा हुने विश्वकप छनोटका ३ खेल गुमाउने भएका छन्।
विश्वकप छनोट अन्तर्गत उरुग्वेले सेप्टेम्बर ३ मा पेरु, सेप्टेम्बर ६ मा बोलिभिया र सेप्टेम्बर १० मा इक्वेडरसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।