तस्बिर : बन्दीको फेसबुकबाट।
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट अधिवक्ता गोविन्द बन्दी (शर्मा) मन्त्री बन्ने भएका छन्।
अध्यक्ष नेपालको कोटाबाट मन्त्री बन्ने सूचीमा बन्दीको नाम रहेको बताइएको छ। उनी गैरसांसदका रुपमा मन्त्री बन्न लागेका हुन्। मन्त्री बनेको खण्डमा उनको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ।
उनी कानुनमन्त्री बन्ने लगभग तय भएको स्रोतले बताएको छ। यस विषयमा सत्ता गठबन्धनभित्र समेत छलफल भइसकेको बताइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावमा बन्दीलाई मन्त्री बनाउन लागिएको हो।
बन्दीले प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गरेका थिए। दैलेख स्थायी ठेगाना भएका उनलाई यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।