काठमाडौं-राष्ट्रिय सभाका विभिन्न विषयगत समितिहरुको बैठक बस्दैछ।
संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ। मंगलबार दिउँसो सवा १२ बजे समितिको सभाकक्षमा बैठक बस्ने जनाइएको छ।
बैठकमा विभिन्न संग्रहालय, पुस्तकालय लगायत ऐतिहासिक एवं पुरातात्विक स्थानहरुको स्थलगत अध्ययन अवलोकन भ्रमणबाट देखिएका समस्याहरुको सम्वन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ।
त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ।
विद्यमान कानुनी नीति नियम र दिगो विकास लक्ष्यबारे प्रस्तुती हुने सिमितिले जनाएको छ। बैठक ११ बजे समितिको सभाहल सिंहदरबारमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।