सांकेतिक तस्वीर
काठमाडौं- काठमाडौंको टेकुमा आगलागी भएको छ।
सोमबार दिउँसो काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो। आगो नियन्त्रणका लागि दमकल पुगेसँगै केही नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो कसरी लाग्यो भन्ने स्पष्ट नभएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।