• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संवैधानिक इजलासमा उठेर उनले भने– ‘वकिल छैन, मेरा कुरा आफैँ भन्छु श्रीमान्’
64x64
दुर्गा दुलाल सोमबार, भदौ १४, २०७८  १४:३१
1140x725

काठमाडौं– इजलासमा उभिएर संविधानका धारा र कानूनका दफा भट्याउँदै कसले बहस गर्छ? यो कुनै जटिल प्रश्न होइन। अधिवक्ता र वरिष्ठ अधिवक्ताको काम नै वादी वा प्रतिवादीको लागि कानुनी सहयोग गर्नु हो। अझ संवैधानिक इजलासमा त कानुनका विज्ञ अधिवक्ता र वरिष्ठ अधिवक्ताबाट बहस हुने अपेक्षा हुन्छ।

तर, गएको ११ भदौको संवैधानिक इजलासको दृश्य फरक थियो। त्यो दिन इजलासमा ३२ थान निवेदन पेसीमा थिए। त्यसमध्ये संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र राजनीतिक दल सम्बन्धी अध्यादेशका मुद्दालाई महत्व साथ हेरिएको थियो। ती रिटमा बहस गर्न वरिष्ठ अधिवक्ताहरु पनि उपस्थित थिए। त्यसअघि अधिवक्ता ओमप्रकाश अर्याल, सालिकराम पुडासैनी र खडक चन्दले दायर गरेका बेग्ला–बेग्लै मुद्दाको पेसी थिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र  ईश्वरप्रसाद खतिवडा थिए। पेसीको पहिलो नम्बरमा बैतडीका खडक चन्दले दायर गरेको रिट थियो। इजलास सुरु हुनेवित्तिकै सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले सोधे, ‘यो रिट निवेदनमा बहस गर्ने को हुनुहुन्छ?’

बहसका लागि कानुन व्यवसायी बस्ने लहरबाट कसैले तत्परता देखाएन। त्यसभन्दा पछाडि दर्शक तथा सेवाग्राही बस्ने स्थानबाट दीपेन्द्र चन्द जुरुक्क उठे र भने, ‘म छु श्रीमान्।’ सबैको आँखा उनीमाथि पुग्यो। उनले कुनै कालो कोर्ट वा औपचारिक पोशाक लगाएका थिएनन्। टि–सर्ट लगाएर संवैधानिक इजलास पुगेका थिए।

संवैधानिक इजलासको बहसमा वरिष्ठ अधिवक्तासमेत न्यायाधीशहरुको प्रश्नले कायल हुन्छन्। त्यसैले प्रधानन्यायाधीश राणालाई विश्वास भएन, सायद। उनले फेरि सोधे, ‘आफैँ बहस गर्नुहुन्छ?’

रिट निवदेक खडक चन्द दीपेन्द्रका बाबु हुन्। उनले बाबुको वारेस लिएर मुद्दा दर्ता गरेका थिए। इजलासमा पनि उनी नै उपस्थित थिए।

प्रधानन्यायाधीशको प्रश्नमा दीपेन्द्रले निर्धक्क भएर जवाफ फर्काए, ‘वकिल राखेको छैन, मेरा कुरा आफैँ भन्छु, श्रीमान्।’ 

‘ल भन्नुस्,’ राणाले उनलाई बहसका लागि अनुमति दिए। आफू बसेको सिटबाट उठेर उनी बहस गर्न थाले।  

Ncell 2
Ncell 2

उनले संवैधानिक इजलासमा नअक्मकाइ आफ्नो भनाइ राखे। उनको हातमा मुद्दाको फाइल र सम्बन्धित कानुनको दस्तावेज थियो। सुरुमा उनले रिट दायर गर्नुको कारण बताए। त्यसपछि मुद्दामा प्रवेश गरे। 

‘श्रीमान् निजामती सेवा ऐनको दफा ५७ को उपदफा (१) र (२) संविधानको धारा १८ (१) र २० (९) सँग बाझिएको छ। सबै नागरिकलाई राज्यले समान व्यवहार गर्नुपर्छ,’ चन्दले भने, ‘कर्मचारी भएकै आधारमा अपराधबाट उन्मुक्ति दिइनु हुन्न। संविधानसँग बाझ्ने ऐनका ती दुई वटा दफा खारेज हुनुपर्छ। आज कारण देखाउन आदेश जारी होस्।’

उनको बहस कुनै कानुन व्यवसायीको भन्दा कम थिएन। उनले दिएको तर्क र कानुनको उद्धरण प्रभावशाली थियो। बहसका क्रममा उनले आफ्नो कथा पनि सुनाए।

उनी आफ्नो छुट जग्गा दर्ताका लागि निवदेन लिएर मालपोत कार्यालय पुगेका थिए। तर, उनको जग्गा दर्ता गरिएन। त्यसविरुद्ध मुद्दा लड्न जिल्ला अदालत जाँदा त्यहाँका कर्मचारीले मुद्दा दर्ता नै गरिदिएनन्। त्यसपछि उनी विभिन्न अदालत हुँदै आफ्नो बाबुको वारेस भएर संवैधानिक इजलास आइपुगेका थिए। पहिलो सुनुवाइमा उनले कारण देखाउ आदेश मागेका थिए।

आफ्नो मुद्दा वा रिटमा निवेदक आफैँले बहस पैरवी गर्न पाउने व्यवस्था छ। तर, अधिकांशले वकिल नै राखेर बहस गराउने गर्छन्। त्यसका लागि कानुन व्यवसायीलाई शुल्क तिर्नुपर्छ।

यस्तो थियो विवाद 
चन्दको कानुनी लडाइँ २०६१ सालबाट सुरु भएको थियो। आफ्नो छुट जग्गा दर्ताका लागि उनले मालपोत कार्यालय बैतडीमा २०६१ पुसमा निवेदन दिएका थिए। तर, जग्गा दर्ता नभएपछि उनी अदालत पुगे। 

मालपोत ऐन २०३४ को दफा ७ अनुसार छुट जग्गा दर्ताका लागि निवेदन परेको दुई वर्षभित्र दर्ता गरिसक्नुपर्ने वा नगर्ने भए कारण खुलाएर दिनुपर्ने हुन्छ। तर, त्यसको पालना नगरी आफूले बाबु बाजेको पालादेखि कमाएको जग्गा दर्ता नभएकोले अदालत गएको उनले बताए।

संवैधानिक इजलासको बहसपछि सर्वोच्च परिसरमा उनले नेपाल लाइभसँग भने, ‘मालपोत कार्यालय बैतडीले १६ वर्षसम्म जग्गा दर्ता गरेन र दर्ता नहुने कारण पनि दिएन। त्यसैले अदालत धाउन थालेको थिएँ। यहाँसम्म आइपुग्नु पर्‍यो।’ आफ्नो समस्या लिएर उनी हेलो सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्ककता केन्द्र लगायत सबै निकायमा पुगिसकेका छन्।

‘मालपोत कार्यालयको यस्तो व्यवहारविरुद्ध विभिन्न निकायमा उजुरी दिएँ। तर, कतैबाट पनि  जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही भएन। जिम्मेवारीअुनसार काम गर्न निर्देशन पनि दिइएन,’ उनले भने, ‘अनि मैले बुबाको वारेसमा जिल्ला सरकारी वकिलको कार्यालयमा आफूविरुद्ध मालपोतका कर्मचारीले जालसाझी र किर्ते गरेको भनेर उजुरी दिएँ।’ 

उनको उजुरीलाई सरकारी वकिलको कार्यालयले २०७६ भदौमा तामेलीमा राख्यो। उनलाई झन् असह्य भयो। त्यसपछि उनी मालपोत कार्यालय प्रमुखविरुद्ध जालसाझी मुद्दा लिएर जिल्ला अदालत बैतडी पुगे। जिल्ला अदालतमा उनको फिरादपत्र श्रेष्तेदारले दरपीठ गरेर फर्काइदिए। कर्मचारीविरुद्ध मुद्दा गर्न निजामती सेवा ऐनको दफा ५७ को उपदफा (१) र (२) ले नमिल्ने उनले जवाफ पाए। दरपिठविरुद्धको निवेदनलाई जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले १२ असार २०७७ मा सदर गरिदिए। ती उपदफा अनुसार निजामती कर्मचारीविरुद्ध मुद्दा चलाउन विभागीय अनुमति चाहिन्छ।

जिल्ला अदालतको फैसलाविरुद्ध उनी उच्च अदालत दिपायल गए। तर, उच्च अदालतले पनि १८ भदौ २०७७ मा जिल्ला अदालतकै आदेश सदर गर्दै मालपोत प्रमुखविरुद्ध जालसाझी मुद्दा लगाउन नसकिने फैसला गर्‍यो। त्यसपछि उनी निजामती कर्मचारी ऐनका ती दुई उपदफा खारेजीको माग गर्दै सर्वोच्च पुगेका हुन्। यो व्यवस्थाले आम जनताको काम नगर्ने कर्मचारीहरु कारबाहीबाट उम्कँदै आएको ठानेर २२ असोज २०७७ मा संवैधानिक इजलासमा पाँच हजार रुपैयाँ धरौटी राखेर मुद्दा दायर गरेको उनले बताए।

‘१६ वर्षसम्म मेरो जग्गा दर्ता नगरिदिने कार्यालयका प्रमुखविरुद्ध मुद्दा दर्ता नहुने अवस्था छ। राज्यका अरु निकायले पनि न्याय प्राप्तिका लागि साथ नदिनुमा निजामति सेवा ऐन २०४९ को दफा ५७ बाधक रहेको मैले थाहा पाएँ,’ उनले भने, ‘उक्त दफामा निजामति कर्मचारीविरुद्ध कुनै पनि किसिमको मुद्दा चलाउन विभागीय अनुमति चाहिने व्यवस्था छ। तर, विभागले आफ्ना कर्मचारीको संरक्षण गर्छ। त्यो व्यवस्था खारेजीका लागि मुद्दा दायर गरेको हुँ।’

उक्त ऐनको दफा ५७ (२) मा भनिएको छ, ‘कुनै निजामती कर्मचारीउपर मुद्दा चलाउनको लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त भएको हुनुपर्नेछ।’ उनको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनकै माग अनुसार ‘कारण देखाउ आदेश’ जारी गरेको छ। उक्त मुद्दामा सुनुवाइ हुँदा अब संवैधानिक इजलासले निजामती ऐनको व्याख्या गर्नेछ। यदि सवैधानिक इजलासले उक्त व्यवस्था खारेज गरेमा कर्मचारीविरुद्ध उनीहरुले गरेको काममा मुद्दा लाग्ने छ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
मधेशमा बजेट विवाद :  प्रदेशसभा बैठक स्थगित, कार्यदल संयोजकबाट सभामुखको राजीनामा शनिबार, असार २८, २०८२
चार वर्षपछि फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज शनिबार, असार २८, २०८२
देशमा केही भएन भन्ने भाष्य गलत: उपप्रधानमन्त्री सिंह शनिबार, असार २८, २०८२
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल शनिबार, असार २८, २०८२
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्