काठमाडौं- लन्डन क्लब टोटेनहम इंग्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
आइतबार घरेलु मैदानमा सम्पन्न खेलमा वाटफर्डलाई १-० ले पराजित गर्दै टोटेनहम पहिलो स्थानमा पुगेको हो।
टोटेनहमका लागि एकमात्रै गोल दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत् गरेका थिए।
उनले खेलको ४२ औं मिनेटमा गरेको फ्रिकिक प्रहार सिधै गोल भएको थियो। दोस्रो हाफमा दुवै टोलीले आक्रमणमा केहि अवसर सिर्जना गरेपनि गोल हुन सकेन।
टोटेनहम ३ खेलमा ९ अंक जोड्दै अंक तालिकामा २ अंकको अग्रता लिन सफल भएको छ। वाटफर्डले भने ३ खेलमा १ जितसहित ३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।