काठमाडौं- नेपाल एसबीआई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ। यसका लागि बैंक र फाइनान्सबीच सम्झौता भएको छ।
सम्झौताअन्तर्गत आईसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत् लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा लिन सक्नेछन्।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आईसीएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच उक्त सम्झौता आदानप्रदान भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।